समाचार

अन्योल भयो हवाइ मैदान



तेह्रथुम ।   तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारी प्राबिधिक टोली हवाइ मैदान निर्माण स्थल अवलोकन गर्न पुगेर फर्कने क्रममा २०७५ फाल्गुन १५ गते ताप्लेजुङको सिस्नेभिरमा हवाइ दुर्घटनाबाट मन्त्री अधिकारी सहिट सातजनाको घटना स्थलमा मृत्यु भएको थियो । पाँचथर, तेह्रथुम, ताप्लेजुङ र धनकुटाको उत्तर पुर्व र भोजपुरको पुर्वी भेगका नागरिकले प्रत्यक्ष लाभ पाउने गरि तेह्रथुम जिल्लाको आठराइ गाउँपालिका ६ चुहानडाडामा यतिबेला अवाइ मैदान अलपत्र अवस्था छ । अवाइ मैदानको नामनिसान हुन छोडेको भन्दै स्थानीय जग्गादिने असि बर्षिय कृष्णिमाया तामाङको गुनासो छ ।

त्यसबेला हवाइ मैदान निर्माण सुरु गर्न २५करोड रकम बिनियोजन भएर नौसय मिटरदुरीको धावनमार्ग बनाउन तिनसय ५० रोपनी जग्गा दिन तयार थिए । विगत बर्षहरुमा त्यहि हवाइ मैदान निर्माणका लागि रकम बिनियोजन हुने गरेपछि निर्माण प्रक्रिया बढ्न नसकेको स्थानीय जनप्रतिनिधिहरुको गुनासो छ ।

चुहानडाडा हवाइमैदान तिन बर्षमा सम्पन्न गर्न नागरिक उड्डयन प्राधिकरणको योजना यतिबेला अलपत्र बनेको हो । २०१७ सालबाटै हवाइ मैदान बनाउने अभियान सुरु गरिएको थियो । २९ बर्षपछि वातावरणीय अध्ययन र जग्गा अतिक्रमणको काम  हुनेक्रमसंगै  यतिबेला अन्योल भएको स्थानीय तहका जनप्रतिनिधीको दुखेसो छ ।

मन्त्री रबिन्द्र अधिकारीको अन्तीम सम्बोधन ।

तत्कालीन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीको अन्तिम सम्बोधनको इतिहास भयो । चुहानडाडामा हवाइजहाज मैदानको चर्चा हुनसाथ नागरिक उड्डयन मन्त्री स्वर्गिय रबिन्दको घटनाको पनी चर्चा हुने गरेको छ । निर्माणका लागि नागरिक उड्डयन प्राबिधिक टोलीसंग अवलोकन गर्न पुग्नु भएको मन्त्री अधिकारीले कार्यक्रममा सम्बोधन गर्नु भएर  फिर्ने क्रममा  हेलिकप्टर दुर्घटना अकल्पनीय दुखत घटना भएको दिन चुहानडाडामा हवाइजहाजको नाम सुन्ने बितीक्कैै नागरिक उड्डयन मन्त्री स्वर्गिय अधिकारीको याद आउने गर्छ ।

त्यसबेला मन्त्री अधिकारीले सरकारले बन्द भएको २४ ओटा हवाइ मैदान निर्माण तथा मर्मत गरी संचालनमा ल्याएको जानकारी दिनुभयो । दुर्गम भेगका नागरिकको सेवासुबिधा पुग्नेगरि सरकारले चाडै अन्य हवाइजहाज मैदान निमार्ण गर्ने तिब्र अभियान पाउने विस्वास्त दिनु भएको मन्त्री दिवाङगत भएर पनी अन्य मन्त्रीले खासे चासे देखाउन सकेनन् । 

मन्त्री  अधिकारीको अभियान सफल गराउने पुर्वमन्त्री योगेस भट्टराइ र जिल्लाबासी समेत रहनु भएका पुर्वमन्त्री सीता गुरुङले पहल गरे पनि सुरसार नभएको गुनासो स्थानीय जनप्रतिनिधी बताए

नागरिक उड्डयन मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटना

बिहान ९ बजेर १५ मिनेटमा हवाइजहाज मैदान निर्माण स्थल चुहानडाडामा स्थलगत अवलोकन र पुगेका मन्त्री अधिकारी कार्यक्रम स्थल नजिक खाना खाएर ११ बजेर ३० मिनेटमा मन्त्री सवार हेलिकप्टर कार्यक्रम स्थलबाट उत्तर तिर उडान भएको थियो ।

प्रधानमन्त्री केपी शर्माओलिको पुख्यौलि गाउँघर अवलोकन गर्दै काठमाडौ फिर्ने सुचना पाइएको थियो । हवाइजहाज मैदान निर्माण स्थल चुहानडाडामा उडान भएको मन्त्री सवार हेलिकप्टर फिरेको आवाज सुन्न सकिएन । तर एकघण्टापछि ताप्लेजोङ जिल्लामा मन्त्री सवार हेलिकप्टर दुर्घटनाको हल्ला चल्न थाल्यो । पाथिभरा मन्दिर दर्शन गरि फिर्ने क्रममा फुङलिङ नगरपालिका र फक्ताङ्लुङ गाउँपालिकाको सिमाना पर्ने सिस्नेभिरमा मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना हुन पुगेछ ।

ताप्लेजोङ जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार सवार मन्त्री सहिट सात जनाको घटना स्थलमा मृत्यु हुनपुग्यो । त्यस दुखत घटनाले आठराइ तेह्रथुम लगायत पुर्वी पहाडी जिल्लाबासीको हवाइजहाज मैदान निर्माण अभियान अहिलेसम्म धक्का पुगेको छ ।

 

प्रकाशित : ११ पुस २०८२, शनिबार, ,