समाचार

पाँचथरका पत्रकारहरुले चासोक पर्वको चर्चा गरे



पाँचथर ।   चासोक तङनामको अवसरमा लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति पाँचथरले  फिदिममा शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। याक्थुङ अर्थात लिम्बू समुदायको प्रमुख पर्व चासोक ऐतिहासीक र प्रचलनको बारेका चर्चा भएको छ ।

चासोक तङनामको सांस्कृतिक, सामाजिक र ऐतिहासिक महत्वका बारेमा मुन्धुम अन्वेसक डा. मधुराज केरुङले मुन्धुमी र मिथक” विषयमा अवधारणा पत्र प्रस्तुत गरे। याक्थुङ जातिका आदिम पुर्खा सावायेत्हाङहरू कृषि युगमा प्रवेश गरेसँगै चासोक तङनामको सुरु  भएको अन्वेसक  केरुङको  भनाइ छ ।।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पाँचथरका अध्यक्ष सागर केरुङ तथा आदिवासी जनजाति पत्रकार महासंघ  प्रदेशका अध्यक्ष विजयवोध लावती र नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष भिमकुमार बास्कोटाले सञ्चारमाध्यम मार्फत चासोकको थप चासो र चर्चा गर्न आग्रह गरे ।

लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष रजनी हाङ्सरुम्बाको अध्यक्षतामा सचिव इवारा जवेगूले कार्यक्रम सञ्चालन गरेको हो ।

प्रकाशित : १० पुस २०८२, शुक्रबार, ,