राजनिति

जनआधारित नेता मिक्सो प्रतिनिधिसभा निर्वाचन उमेदवार सिफारीस



पाँचथर ।   जनआधारित नेतृत्वका कारण पाँचथरका लोकप्रिय नेता हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सिफारिस भएका छन्। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पाँचथर जिल्लाको जिल्ला तथा सचिवालय बैठकले मंगलबार नेम्वाङलाई सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको हो।

आगामी फाल्गुण २१ गते हुने निर्वाचनका लागि पाँचथर जिल्लाबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ मिक्सोको नाम एकल रूपमा सिफारिस गरिएको पूर्व माओवादी पार्टीका जिल्ला संयोजक विशाल रसाइलीले बताए।

सचिवालय बैठकमा सहभागी सबै वक्ताले नेम्वाङको नेतृत्व क्षमता, इमानदारी र जनविश्वासको सर्वसम्मत रूपमा प्रशंसा पाँचथर मात्र नभई कोशी प्रदेशमै सर्वमान्य र भरोसायोग्य वामपन्थी नेताका रूपमा परिचित छन्। यसअघि साविक नेकपा माओवादी केन्द्रको कोशी प्रदेश अध्यक्षसमेत रहिसकेका छन्। संगठन निर्माण, कार्यकर्ता परिचालन र जनताका वास्तविक मुद्दामा निरन्तर सक्रिय उनी जनताको दुःख–सुखमा सधैँ घरदैलोमा पुग्ने नेताका रूपमा परिचित हुन ।

नेम्वाङ पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बन्न लागेका हुन । पार्टीभित्र अवसरभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने नेता हुन । १० वर्षे माओवादी जनयुद्धका क्रममा जनमुक्ति सेनाबाट राजनीतिक यात्रा सुरु गरेका नेम्वाङ विभिन्न मोर्चामा अग्रपंक्तिमा रहेर लडेका अनुभवी योद्धा पनि हुन्। कम्पनी भिसीसम्मको जिम्मेवारी सम्हाल्ने क्रममा २०५९ भदौ १५ गते ओखलढुंगाको रुम्जाटार मोर्चामा उनी गम्भीर रूपमा घाइते भएर खुट्टामा असर परेको हो ।

२०६० सालपछि पार्टी संगठनमा पूर्णकालीन रूपमा सक्रिय रहँदै उनले २०६१ सालमा पाँचथर सचिव तथा इञ्चार्ज र २०६३ सालमा धनकुटा इञ्चार्जको जिम्मेवारी सफलतापूर्वक सम्हालदै आएका नेता हुन । स्थानीय तह उपनिर्वाचन र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा कोशी प्रदेशमा माओवादीको सफलतामा नेम्वाङको नेतृत्वदायी भूमिका प्रति पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक रूपमै प्रशंसा गरेका थिए।

पाँचथर पिदिमन नगरपालिका १३ वडाको लुङरुपा निवासी नेम्वाङको जन्म क्षेत्र माओवादी आन्दोलनको ‘लालकिल्ला’का रूपमा परिचित छ। सरल जीवन, स्पष्ट विचार र अडिग प्रतिबद्धताका कारण उनी आज पनि कार्यकर्ता र आम जनताबीच अत्यन्त लोकप्रिय नेताका रूपमा स्थापित छन्।

बैठकले राष्ट्रियसभा सदस्यतर्फ प्रेमप्रसाद रिजाल र भवानी शंकरलाई सिफारिस गरिएको छ । प्रतिनिधिसभा समानुपातिकतर्फ सीता थेवे, अञ्जु काम्बाङ, तारावीर खपाङ्गी र इन्दिरा घिमिरेको नाम सिफारिस गरेको छ ।

प्रकाशित : ७ पुस २०८२, मंगलबार, ,