समाचार

सर्वपक्षीय बैठकले लिम्बुवान गेट बनाउने निर्णय



फिदिम‍ ।   पाँचथरको फिदिम बजारको मेन लाइनमा लिम्वुवान गेट निर्माणका लागि मंगलबार सर्वपक्षीय बैठकले निर्माण गर्ने निर्णय गरेको छ । फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेको अध्यक्षतामा सर्वपक्षीय बैठकले लिम्बुवान समुदायको पहिचान, संस्कृति र भावनालाई सम्मान गर्दै गेटलाई फिदिम नगरपालिकाको मौलिक सांस्कृतिक सम्पदाका रूपमा विकास गर्ने निर्णय गरेको हो ।

मेची राजमार्ग विस्तारका क्रममा भत्काइएको लिम्बुवान गेट सोही स्थानमा पुनः निर्माण गरिने सर्वपक्षीय बैठकले सहमति जुटेको हो । गेट निर्माण कार्य स्थानीय समुदाय, सरोकारवाला निकाय र नगरपालिकाबीचको समन्वयमा अघि बढाइने भएको छ ।

नगर उपमेयर राधाकृष्ण न्यौपानेको नेतृत्वमा गठन गरिएको कार्यदलले पेस गरेको प्रतिवेदन अनुसार लिम्बुवान गेट पुनः निर्माणका लागि आवश्यक जग्गा पहिचान, व्यवस्थापन तथा समन्वय भए पस्चात लिम्बुवान गेट पुनः निर्माणले प्रकिय बढेको थियो । सहजीकरण कार्यदलले पेश गरेको प्रतिवेदनका आधारमा लिम्बुवान समुदायको पहिचान झल्किने मौलिक स्वरूपमा गेट निर्माण गरिने नगर उपप्रमुख न्यौपानेले बताए । 

गेट निर्माणमा समुदायको श्रम, सहयोग र अपनत्व सुनिश्चित गरि फिदिम नगरपालिकाले आवश्यक सहजीकरण गर्ने जनाएको छ ।

प्रकाशित : ७ पुस २०८२, मंगलबार, ,