राजनिति

प्रतिनिधि सभाको निर्वाचन उमेद्धार धमाधम घोषणा हुदै



पाँचथर ।   आगामि फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पाँचथरमा उमेद्धारी धमाधम घोषणा हुन थालेकाछन् । पाँचथर जिल्ला एक मात्र प्रतिनिधि सभा निर्वाचनकालागि  केहि दलहरुले उम्मेदवार सिफारीस गरिसकेका छन् । 

मंगलबार नेपाली कम्युनिष्ट पार्टी पाँचथरले नेता हर्कबहादुर नेम्वाङ (मिक्सो) प्रतिनिधि सभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । तत्कालीन नेकपा माओवादी केन्द्र  प्रदेस अध्यक्ष समेत रहेका नेता नेम्वाङ एकल सिफारीस भएको हो ।

नेपाली कम्युनिष्ट पार्टी पाँचथरले राष्टिय सभा सदस्यका लागि प्रेम प्राद रिजाल र भवानी शंखर सिफारीसमा परेकाछन् । संघीय समानुपातिक तर्फ भने सिता थेबे जबेगु, अञ्जु काम्बाङ, ताराविर खपाङगी र इन्दीरा घिमिरे सिफारीस भएको पार्टी जिल्ला संयोजक विसाल रसाइलीले बताए ।

कांग्रेस केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदेम्वे पहित ८ जना प्रत्यासी उमेद्धार 

पाँचथरबाट नेपाली कांग्रेस पार्टीले प्रतिनिधि सभा, राष्ट्रिय सभा र समानुपातिकतर्फ आकांक्षी सबैको नाम सिफारिस गरेर पठाएको छ । एकल नाम सिफारिस गर्ने सहमति नजुट्दा ८ जनाको नाम सिफारिस भएको छ ।

नेपाली कांग्रेस पाँचथरबाट प्रतिनिधि सभाका प्रत्यक्षतर्फ सिफारिस पार्टी केन्द्रीय सहमहामन्त्री भिष्मराज आङदेम्वे , निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, वर्तमान सभापति रुपनारायण जवेगू, तुम्वेवा गाउँपालिकाका पूर्व अध्यक्ष होम थापा, महाधिवेशन प्रतिनिधि कौशिला गुरुङ, पूर्व उपसभापति जयप्रसाद रिजाल, युवा नेता धर्मेन्द्र विक्रम नेम्वाङ र सूर्य नेम्वाङको नाम सिफारिस गरिएको हो ।

यस्तै राष्ट्रिय सभाका लागि चन्द्रकुमार आङदेम्वे, निरबहादुर धमला ९विमल०, सुरेन्द्रकुमार तिम्सिना र सुरेन्द्रकुमार दाहाल तथा प्रतिनिधिसभा समानुपातिकतर्फ शान्ता बाँस्कोटा, जनिमाया थापा मगर, तेजमाया सुहाङ, मधु जवेगू, गंगामाया थेगिम, देवीप्रसाद काफ्ले, विमला सुब्बा र डीबी गुरुङको नाम सिफारिस भएको नेपाली कांग्रेस पाँचथरले जनाएको छ ।

अरु दलहरुले पनि सिफारिस गर्दै 

फागुन २१ गते निर्वाचनको संघीय संसद तर्फको प्रत्यक्ष उम्मेदवारमा राष्ट्रिय परिवर्तन पार्टीका जिल्ला अध्यक्ष टेकबहादुर लिम्बूलाई सिफारीस गरेको छ ।
राष्ट्रिय परिवर्तन पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेल जिल्ला पुगेर अध्यक्ष लिम्बूलाई सिफारीस गरेको पार्टी जिल्ला नेता प्रविण राईले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी भने समानुपातीका तर्फ एकजनाको सिफारीस गरेको छ । सामाजिक संजालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी नेता महेन्द्र थाम्सुहाङको नाम सिफारीस गरेको पार्टी अध्यक्ष प्रकाश गुरुङले जनाएको छ ।

पाँचथरमा रहेको नेकपा एमाले लगायत अन्य दलहरुले भने उमेद्धारी सार्बजनिक गरेकाछैनन् ।

 

प्रकाशित : ७ पुस २०८२, मंगलबार, ,