समाचार

वायु विद्युतको सहारामा सत्तमीबजारबासी



पाँचथर ।   हावाबाट बक्ती बाल्न सकिन्छ भनेर धेरैलाई अच्चम लाग्न सक्छ । विगत सातबर्षअघिदेखि हावाबाट उत्पादन भएको बिद्युतले ११० घरपरिवार र एक चिया उद्योगले बालिरहेकाछन् । बिद्युत विस्तार गाउँघरसम्म पुग्न नसकेको अबस्थामा शौर्य र वायु बिद्युत उत्पादन गरेर पाँचथर जिल्लाको मिक्लाजुङ गाँउपालिका वडा नम्बर २  सत्तमीबजारमा उपभोग गरिरहेकाछन् ।

 बिद्युत संचालनमा आएपछि दशमीबजार अध्यारो मुक्त बनेकोछ । हावाबाट बजार झिलिमिली बनेर जिबनयापन सजिलो भएको भन्दै स्थानीयबासी खुशी भएकाछन् । बिद्युत अभावमा अन्धकार जिबन बिताउनु पर्दाको कठिनाइ शौर्यवायु बिद्युत प्रयोगबाट सधैका लागि हटेपछि त्यहाँका सर्बसाधरणमा खुशीयाली छाएको  विरेन्द्र कुमार सेर्माले खुशी ब्यक्त गरे ।

पालिका उपाध्यक्ष सन्तोस कुमार सेर्माका अनुसार  सौर्य–बायु मिनिग्रिड परियोजना २०७५ सालमा परिक्षण गरिएको थियो । तत्कालका लागि दुइवटा उपकरण जडान गरिएको छ । हावाबाट २० किलोवाट,  सोलार प्यानलबाट ५० किलोवाट गरि ७० किलोवाट बिद्युत उत्पादन हुन्छ ।

त्यस परियोजना चार करोड ९४ लाख ४९ हजारमा निमार्ण गरिएको हो । एशियाली बिकास बैङ्क (एडिबि), मिक्लाजुङ गाँउपालिका र स्थानीयबासीको लगानीमा बनेको हो । बिद्युतबाट अहिले पनि सत्तमीबजारबासीले मनग्गे आयआर्जन फर्न सफल भएको भनाइ छ ।

 

प्रकाशित : १ पुस २०८२, बुधबार, ,