पाँचथर । भदौ २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले जेन्जीका अपमान गरीरहेको जेन्जी नेताहरुको गुनासो चुलिन थालेकाछन् । जेन्जी आन्दोलनबाट बनेका सरकारले जन्जीको कमीकम्जोरी खोजेर धरपकट तथा मुद्धा चलाउन मात्र अगैसर हुनथालेर आन्दोलन विपरीत अहिलेको सरकार बढि क्रियासिल रहेको भन्दै ब्यापक गुनासो बढेको हो ।
फिदिम २ पल्लोटार नयाँ बसपार्कमा राष्ट्रिय परिवर्तन पार्टीको घोषण सभामा भदौ २३ र २४ गते जेन्जी आन्दोलनमा दाहिने खुट्टा गुमाएका राष्ट्रिय परिवर्तन पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेलले प्रधानमन्त्री सुशीला कार्कीले चलाएको सरकार दिनप्रतिदिन जेन्जीहरुलाईनै निरास बनाउदै चुनावी माहोल बनाउ मात्र अग्रसर भएको आरोप लगाउनु भयो । ७५ जनाबढि सहीद र चारसयजनाबढी जेन्जी घाइतेहरुको माग पुरा गर्न आनाकानी गर्नथालेको चर्चा गरेका थिए । जेन्जी आन्दोलनमा परीवारको सदस्य गुमाउनुपर्दाको पिडा र अपाङ्ग भएर जिउनुपर्दाको कठिनाइ हामिले भोगिरहेको दुखेसो राख्दै पार्टीका अध्यक्ष पोर्तेलले यो सरकार ठाल्न जेन्जी एकजुट हुनैपर्ने परिस्थिति बन्दैगएको ठिप्पणी गरेका थिए । उहाँले अवको परिवर्तन र नयाँ सोच पुरा गर्ने निविकल्प राष्ट्रिय परिवर्तन पार्टीको बाँसुरी चिन्न भएको भन्दै गोलबन्द हुन देसब्यापी अभियान सुरु गरेको जानकारी गराउनु भयो ।
कार्यक्रममा राष्ट्रिय परिवर्तन पार्टीका केन्द्रीय उपाध्यक्ष अजय राईले राष्ट्रिय परिवर्तन पार्टी शुसान, भष्ट्रचार र अन्यायको बिरुद्ध आन्दोलन भएर जेन्जीको पार्टी स्थापन भएको हो । कालन्तबाट शहीद भएकाहरुको सपना पुरा गर्न र जेन्जी शहीदको समेत सपना पुरा गर्न राष्ट्रिय परिवर्तन पार्टी खोलेको जानकारी गर्नुभयो ।
पुर्वप्रहरी महानिरीक्षक शर्बेन्द्र खनालले नेपालि नागरिक देसबाहिर ट्वाइलेट सफा गरेर रेमिट्यान्स भित्याएको पैसाले राजगर्ने नेताले जेन्जी माथि आक्रमण गर्न लाज लाग्दै भन्नुभयो ।
त्यस्तै, पार्टी उपाध्यक्ष दिनेशचन्द्र खनाल र पूर्व महासेनानी माधव सुन्दर खड्काल देशमा वास्तविक परिवर्तनका लागि राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गर्दै चुनावी मैदानमा उत्रिन तयार रहेको जानकारी दिनुभयो ।
फागुन २१ गते निर्वाचनको संघीय संसद तर्फको प्रत्यक्ष उम्मेदवारमा राष्ट्रिय परिवर्तन पार्टीका जिल्ला अध्यक्ष टेकबहादुर लिम्बूलाई सिफारीस गरेको जिल्ला नेता प्रविण राईले बताए ।
घोषणा सभामा नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा नेपाली कांग्रेसका कार्यकर्ता लगायतले पार्टी प्रबेस गरेको पार्टीका जिल्ला अध्यक्ष टेकबहादुर लिम्बूले जानकारी दिए ।











प्रतिक्रिया