पर्यटन

बहुक्षेत्रको विकास गरेर जेभाले पुग्ने वातावरण बन्दै



पाँचथर ।  गाउँघरमा अवलोकन गर्नेको बाक्लो उपस्थिती गराएर स्थानीयको आम्दानी बढाउने अभियानले दुर्गम स्थानहरुमा पनि आकर्षण पुर्वाधारहरु बन्न थालेकाछन् । मनै लोभिने पुर्वाधार बनेर स्थानीयको नयाँ रोजगारको थलो बन्न थालेकाछन् ।

पाँचथर जिल्लाको फिदिम नगरपलिका १३ स्थीत जेभालेमा विगत पाँचबर्षअघि अवलोकन गर्ने ब्यत्ती हुदैनन् थिए । पछिल्लो समय त्यहि स्थानमा बनेको पुर्वाधारले नयाँ गन्तब्य स्थल बनेर स्थानीयको रोजगारको थलो बन्न पुगेको खुशी ब्यक्त गर्न थालेकाछन् ।

स्थानीय तह र ब्यत्तीहरुको आर्थिक सहयोग तथा स्थानीयबासीको श्रमगरी करिव डेर करोड रकममा नयाँपन दिनेगरी भिरपहरामा आकृति कुद्ने कामहरु भएकाछन् । आकर्षण खेलमैदान र पर्यटकिय पुर्वाधारहरु बनेर मनैलोभ्योउने स्थल बनेको अवलोकनमा पुग्नु भएका फिदिम बजार निबासी भरत अधिकारीको भनाइ छ ।

त्यसैखेर गइरहेको पहाडको भिरपहरा तथा चट्टान क्षेत्र यतिबेला सिंगारीएको छ । त्यसै स्थानमा चाडपर्वको समय स्थानीय रैथाने कलासंस्कृति प्रर्दशन तथा बिभिन्न खेलहरु समेत संचालन गरेर आगन्तुकहरु बढेर स्थानीयबासीले आर्थिक लाभ दिन सफल भएको पर्यटन पुर्वाधार निर्माण संयोजक गजेन्द्र राईले बताए ।

प्रकाशित : २६ मंसिर २०८२, शुक्रबार, ,