कला । मनोरञ्जन

रैथाने कला प्रर्वद्धन प्रतियोगिताले समुदाय उत्साहित



पाँचथर ।   चासोक पर्व सास्कृतिकमय हुन थालेकाछन् । लिम्बु बसोबास रहेको गाउँवस्तीहरुमा के अर्थात च्याबुङ र यालाङ अर्थात धाननाँच प्रतियोगिता आयोजना हुने थालेकाछन् । परम्परा रैथाने कला जगेतना गर्न समुदाय र स्थानीय तहको सहयोगमा के, यालाङ र हाक्पारे लगायतको याक्थुङ कलाहरु प्रर्वद्धन प्रतियोगिता हुने थलेकाछन् ।

यसवर्ष पनि याङवार गाउँपालिका वडा नम्बर ५को लक्सम चोकमा केलाङ प्रतियोगिता भएको छ । प्रतियोगि प्रथमले पचास हजार र दितृयले ३० हजार रकम पाएका थिए । फिदिम नगरपालिका ८ वडाको तमाखेमा लिम्बु, राई, गुरुङ, तामाङ र सुनुवारको सास्कृति आयोजना गरेर समुदायको कला सस्कति प्रर्बद्धनको कार्यक्रमहरु भएको वडा अध्यक्ष सोमबहादुर गुरुङले बताए ।

सोहि अवसरमा जिल्लाको बिभिन्न स्थानहरुका किरात याक्थुङ चुम्लुङ, स्थानीय तह, थरगत सस्थाहरु र समुदाय आफैले प्रतियोगिता आयोजना गरेर उत्साहित गराउदै आएकाछन् ।

राई समुदायले पनि बिभिन्न स्थानमा उधौली पर्वको अवसरमा साकेला प्रतियोगिता संचालन गरेकाछन् । फिदिम ३ को सुम्नीमा चोकमा रहेको तायारुङरी खिम र मिक्लाजुङको रवि बजार लगायका राई बसोबास रहेको स्थानहरुमा पनि कला प्रर्बद्धनको गतिबिधिहरु भएको जनाएकाछन् ।
सुनार समुदायले पनि उधौली पर्वको समय फोल्स्यादर पर्व धुमधाम मनाएका हुन ।

 

 

प्रकाशित : २१ मंसिर २०८२, आइतबार, ,