पाँचथर । जेन्जी आन्दोलनपछि पाँचथर जिल्लाको सुरक्षाका बारेमा प्रदेस प्रहरी प्रमुख डिआइजी बिनोद घिमिरे स्थलगत अवलोकन गरेका हुन । जेन्जी आन्दालनको क्रममा पाँचथरमा खासै क्षती नभएकोमा खुशी हुदै डिआइजी घिमिरेले प्रहरी चौकि हटेको विषयमा सरोकारवालाहरुले चासोमा भने चाडै सम्बोन्धन हुने बताए ।
पाँचथरको हिलिहाङ गाउँपालिका अम्मरपुरमा रहेको चौकि तोडफोड तथा क्षती भएरपछि सुरक्षाकर्मीहरु अहिले पनि त्यस चौकिमा नपुगेर स्थानीयबासीले सुरक्षाकर्मी माग गरेका हुन । कोसी प्रदेस प्रहरी प्रमुख घिमिरले स्थलगत अवलोकन गरेर सरोकारवालाहरुसंग छलफल गरेका हुन । नागरिकको सुरक्षा दिन पुन त्यही स्थान प्रहरीचौकि ब्यवस्थापन गर्ने बताउनु भयो ।
मंसिर १७ गते बुधबार पाँचथको फिदिममा राजनैतिक दलका नेता र संचारकर्मीहरुसगको भेटमा डिआइजि घिमिरेले सुरक्षाकर्मी हट्नुको कारण र पुःन स्थापना गर्न गृहमन्त्रालयबाटै प्रकियागत आउनु पर्ने भएर पनि ढिलाइ भएको जानकारी दिए । सुरक्षाकर्मीको सख्या अभावमा सुरक्षाकर्मी माग भएको स्थानहरुमा सुरक्षा पोष्ट राख्न नसकिएको बताए ।
भेटघाटमा खासगरी देसमा जेन्जी आन्दोलनबाट रुपान्तरण भएको अवस्था सहज बनाउदै निर्वाचन सहज बनाउन तिनै तहका सुरक्षा संयन्त्र लागेको र जिल्लाको वस्तु स्थीति वुझन निस्कीएको पनि जानकारी दिनुभयो । निर्वाचन शान्तीपुर्ण वातावरणमा सम्पन्न गर्न सबैको साथ र सहयोग सुरक्षाकर्मीले अपेक्षा गरेको भनाइ छ ।
भेटमा राजनैतिक दलका नेता, जनप्रतिनिधी र संचारकर्मीहरुले जिल्लाको समग्र सुरक्षा अवस्था र चुनौतिहरुका बारेका सहज गराउदै सुरक्षा चनाखो रहन आग्रह गरेकाछन् । जिल्लामा महिला हिसां, साइबर घटना, कुलतमा फस्ने गतिविधिहरु बढि हुने गरेको जानकारी गराएका थिए ।
भेटघाटमा नेपाली काग्रेस सभापती रुपनारायण जबेगु, नेकपा एमाले अध्यक्ष विष्णु साप्कोटा, नेपाली कम्युनिष्ट पार्टी संयोजक विसाल रसाइली, जनता समाजवादी पार्टी उपाध्यक्ष कमलराज नेम्बाङ र फिदिम नगरपालिका प्रमुख मित्र प्रसाद काफ्ले जिल्लाका सुरक्षा गतिविधिको बारेमा जानकारी गराएका थिए । त्यसैगरी ब्यबसायीदय दिपक नेपाल, नरेन्द्र अधिकारी, फिदिम मावि प्रधानाध्यापक लक्ष्मी भण्डारी, संचारकर्मी भिमकुमार बास्कोटा र लक्ष्मीम गौतम लगायतले अन्य विषयहरुमा प्रदेस प्रहरी प्रमुखमा जानकारी गराएउदै सुरक्षा मजबुत बनाउन आग्रह गरेका छन् ।













प्रतिक्रिया