पाँचथर । नेपालको पुर्व जिल्लामा बसोबास लिम्बु समुदायले आफ्नो बाली भित्याउन अनिवार्य चासोक अर्थात अन्न चढाउने प्रथा अहिले पनि चलिआएको छ । मुन्धन अर्थात मानव उत्पति र सभ्यताको क्रममा जंगलमा मानव घुमन्ते फिरन्ते जिबन बिताउदा जंगली फलफुल अर्थात कन्दमुल खाने गर्दथे । पछि मानब समाजका रुपमा बसोबाससंगै अन्नबाली लगाएर कृषि युगको पारम्भ भयो । त्यसबेला लिम्बु समुदायले अन्नबाली संंकलन गरि सृष्टिलाई चढाएर खाने प्रचलन अर्थात प्रथाका रुपमा विकास भएर फेदाङवा अर्थात याक्थुङ पुरेतद्धारा अन्न चढाउन याक्थुङ समुदायमा यतिबेला भ्याइनभ्याइ अवस्था रहेको सस्कृति अन्वेसक लछामि सेर्माको भनाइ छ ।
अन्न चढाउने प्रथा कार्तिक, मंसिर र पुष महिनामा उत्तम साइत हो । अहिले त्यहि गतिबिधि उधौलि पर्व तथा चासोक तङनाम मनाउन थालिएको छ । एकैदिन मनाउन पर्वको रुपमा चासोक पर्व भनिन्छ । आफ्नो पर्व मनाउदा परम्परा शैलीको खानेकुरा बनाइ खाने चलन बढेको छ । पर्वको समय परम्परा बाजा च्याबु्रङ, यालाङ् अर्थात धान नाँच्ने क्रम बढेको सस्कृति अभियान्ता सेसेमि सेनाल्बो बताउछन् ।
नेपालको पुर्वी जिल्ला पाँचथर, तेह्रथुम, ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा र काठमाण्डौ उपत्यकामा लिम्बु समुदायले अनिवार्य अन्न चढाउन चासोक पुजा गर्ने र तङ्नाम मनाउछन् ।











प्रतिक्रिया