पाँचथर । तमोर नदिमा फेरी अर्को पुल पनी निर्माण ठप्प भएर नागरिक निरास भएकाछन् । करिव सात बर्षदेखि निर्माण सुरु गरेर बिभिन्न बहानामा यतिबेला निर्माणनै ठप्प भएको हो । नागरिकले सदिऔदेखि तमोर नदिमा वारपार गर्ने मोटरेवल पुल बन्ला भनेर आसा गरेका थिए । तर निर्माण ढिलासुस्तीले पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका सिमानामा पर्ने तमोर नदिको हाक्पारा क्षेत्रमा पक्की पुल निर्माण हुन नसकेको स्थानीयको गुनासो छ ।
१४७ मिटर लम्बाइको पुल संघीय सरकारको २२ करोड ३७ लाख रकम लगानीमा २०७६ साल असोजमा सम्झौता गरी साडेदुइ बर्षमा सम्पन्न गर्नुपर्ने हो । सुनसरिका इलाइट सुर्यजेभि निर्माण ब्यबसायीले कामको जिम्मा लिएको त्यसपुल सातबर्ष बितिसक्दा पनि आधा काम पुरा हुन सकेन । पुल निर्माण गर्न संघीय मन्त्री तथा प्रदेसका मन्त्री समेतले स्थलगत अनुगमन गरेर तिब्र निर्माण गर्न निर्देशन दिदै आएको त्यस पुल पुरा नभएको हो । रकमको अभाव तथा बर्षाको बहान देखाएर आलटाल गरी पुल निर्माणमा चासो नदेखाएर पुल बन्न नसकेको तुम्बेवा पालिका अध्यक्ष बाबुराम खड्काले बताए ।
कुम्मायक गाउँपालिका र तेह्रथुम म्याङ्लुङ नगरपालिका सिमानामा पर्ने तमोर नदिमा १३बर्षअघि सुरु गरेको पक्की पुल पनि अलपत्र भएकोछ । त्यस पुल भन्दा करिब पन्द्र किलोमटिर टाडा पर्ने त्यही तमोर नदिमै हाक्पारा पुल नबनेको प्रति सर्बत्र चासो भएपनि निर्माण ब्यबसायि बेखबर भएको छ । पुलको काम प्रति संघीय सरकार र प्रदेस सरकारको अनुगमन समेत सुनुवाइ नभएको स्थानीयको दुखेसो गर्दैआएकाछन् ।













प्रतिक्रिया