काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दल र समूहबीचको एकता राष्ट्रिय सम्मेलन जारी छ । भृकुटीमण्डपमा जारी नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलनमा माओवादीसँग समाहित दल तथा समूहका नेताहरूले आआफ्नो धारणा राखिरहेका छन् । नेपाली कम्युनिस्ट पार्टीमा प्रचण्ड पहिलो, माधव कुमार नेपाल दोस्रो, झलनाथ खनाल तेस्रो, बामदेव गौतम चौथो र नारायणकाजी श्रेष्ठ पाँचौं वरियतामा रहने भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीको औपाचारिक घोषणा गरिएको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच एकता घोषणा गरिएको पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव कुमार नेपाल रहेकाछन् ।
विभिन्न कम्युनिष्ट घटकहरू मिलेर बुधबार नयाँ पार्टी घोषणा गरेका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।
सभाले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी घोषणा गर्ने छ। चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेरकाछन् । काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा कार्यक्रममार्फत नवगठित पार्टी नेपाली कम्युनिस्ट पार्टी बनाएको हो । कता घोषणा कार्यक्रममा २३ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरेकाछन् ।
जप्रतिबद्धतामा पार्टीका सबै नेता तथा कार्यकर्ता उत्पादन र श्रम कार्यमा संलग्न हुने । कम्युनिष्ट आचरण, अनुशासन र नैतिकताको कडाइका साथ पालना गर्ने । सादा एवं सरल जीवनशैली र पारदर्शी कार्यशैली अवलम्बन गर्ने प्रतिबद्धता पत्रमा समावेश छ ।













प्रतिक्रिया