पाँचथर । श्रम सस्कृति पार्टीका प्रमुख अभियान्ता हर्क साम्पाङले भष्टचारमुक्त देस बनाउने अभियानमा नयाँ पार्टी दर्ता गरेको बताउनु भयो । १८ गते मंगलबार पाँचथरको फिदिममा पार्टी समर्थकहरु भेलामा साम्पाङले भष्टचारको दलदलमा फसेर देस खोक्रो बनाउने पार्टीको विस्वास गुमेका नागरिक मात्र भएकोले नयाँ पार्टी बनाउनु परेको जिकिर गरे ।
सुनसरी जिल्लाको धरान उपमहानगरपालिका प्रमुख समेत रहेका श्रम सस्कृति पार्टीका प्रमुख अभियान्ता साम्पाङले बिदेसीको भरमा देस चलाउने पार्टी र नेताबाट देस बन्न सक्दै भन्ने निस्कर्षमा पुगेर श्रम अभियानबाट आत्मनिर्भर विकास निर्माण अभियान सहितको पार्टी संगठन अभियान देसैभरी सुरु गरेको बताए ।
बजार परिक्रमा गरी फिदिम माविको खेलमैदानमा सभामा साम्पाङले नेपालका ठुला एवं पुराना पार्टीका नेताको तिब्र आलोचना सहितको टिकाटिपणी गर्दै उनले माटोमा गरिने श्रमबाट देस विकास संभाव भएको बताए ।













प्रतिक्रिया