काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको आठ पार्टी एकता घोषणा गरेकाछन् ।
नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन (मिलन सी ) समूह, प्रेमबहादुर सिंह समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी र सुभाषराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच एकताको घोषणा भएको हो ।
एकतापछि नयाँ पार्टीको राजनीतिक सिद्धान्तबाट माओवाद हटाएर मार्क्सवाद–लेनिनवाद मात्र राखिने सहितको १८ बुदे एकता सहमति पत्रमा हस्ताक्षर गरेको हुन ।
आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिने तयारी रहेको जनाएकाछन् ।













प्रतिक्रिया