समाचार

भुइ छोड्न पिङ् खेल्नैपर्ने परम्परा



पाँचथर ।   बर्षमा एक पटक भुइछोडे सोचेको पुरा हुने भन्दै गाउँघरमा काठबाट बनाएको रोटेपिङ र बाँस तथा बाबियोको लिङगेपिङ लगाउने क्रम पुःन बढेकाछन् । अर्कोतर्फ चाडपर्व समेत उल्लासमय बनाउन रोटेपिङ र लिङगेपिङ लगाउदै आएका हुन । पाँचथर जिल्लाका गाउँवस्तिहरुमा बढि रोटेपिङ र लिङगे पिङ लगाएकाछन् । घरपरीवार भेला हुने तथा चाडपर्वहरु मनाउन परम्परा शैलीका पिङ लगाएर खेल्ने चलन रहेको भनाइछ ।

आङसराङ वासाँगुमा एकसय बहत्तर बर्षअघि त्यहाँका चेम्जोङ, कुरुम्बाङ र आङदेम्बे लिम्बु थरी बिच झैझगडा अन्त्य गर्न वलिहाङ तङनाम अर्थात तिहारकै अवसरमा शान्त्तीका प्रतिको रुपमा रोटे पिङ खेल्ने प्रचलन अहिले पनि छ ।

बर्षमा एक पटक भुइ छोडे मनोकांक्ष पुरा हुने सामाजिक किवदन्ती अनुसार पिङ लगाए खेल्ने चलन गाउँघरमा अहिले पनि उतिकै छन् ।  लिम्बु अर्थात याक्थुङको मुन्धम तथा किवदन्ती अनुसार रोटेपिङ र लिङगे पिङ बनाएर खेल्ने सस्कार रहदै आएकोलाई बढाव दिने क्रम बढेको छ । पाँचथर निबासी सस्कृति अन्वेशक राजेन्द्रकुमार जबेगुका अनुसार शुखशान्तीका लागि पौवापाटी बनाउने, रोटेपिङ र लिङगे पिङ बनाएर पारोकारी कार्य गर्ने प्रचलन याक्थुङ समुदायमा उहिलेदेखि चलिआएको बताउछन् ।

जिल्लामा पछिल्लो समय मौलिक मेला, महोत्सव, तथा सांस्कृतीक कार्यक्रम आयोजना गरेर सस्कृति जगेना भन्दै परम्परागत पिङहरु स्थापना हुनथालेकाछन् । बजार, धार्मिक, सास्कृतिक र पर्यटकिय स्थलको अवलोकन बढाउन पनि रोटे तथा लिङगे पिङ लगाउने गरेका हुन ।

प्रकाशित : ८ कार्तिक २०८२, शुक्रबार, ,