समाचार

पालिका प्रशासकिय भवन बन्नेक्रम तिब्र



 पाँचथर ।  प्रशासकिय भवनहरु सिहदरबार भित्रमात्र देख्न सकिने ब्यबस्थित कार्यालय भवनहरु यतिबेला स्थानीय तहका दुर्गम गाउँहरुमा पनि देख्न थालिएका छन् । सर्वसाधरणले सेवालाई सरल तथा प्रभावकारी बनाउन दुरदराजका स्थानीय तहले सुबिधा सम्पन्न भवन बनाएर सेवा प्रभाह दिनथालेका हुन । पाँचथर जिल्लामा रहेको आठओटा स्थानीय तहले ब्यवस्थीत प्रशासकिय भवन बनाएकाछन् । पालिकाको भवन नभएर घरभाडामा कार्यालय संचालन गर्दाको कठिनाइ र खर्चिलोपन क्रमस अन्त्य भएको फाल्गुनन्द गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत देवि तुम्बापोले बताए ।

जिल्लाको दुर्गम तथा बिकट स्थानहरुमा ठुला भवनहरु बनेकाछन् । पालिकाले बनाएका भवनहरु पाँच करोडदेखि सात करोड बढि रकम लगानीमा प्रशासकिय भवनहरु बनेका हुन । संघीय, प्रदेश तथा स्थानीय तहको साझेदारीमा गाउबस्ती भित्र आकर्षण प्रशासकिय भवन बनाएको फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बेको भनाइ छ ।

फिदिम नगरपालिकाले स्थानीय तह संचालन हुनथालेसंगै भवन बनाएर जिल्लामा पहिलो पटक प्रयोगमा ल्याएको थियो । त्यसपछि मिक्लाजुङ गाउँपालिकाले भवन बनाएको हो । याङवरक, फालेलुङ र तुम्बेवाले आफ्नै भवनबाट सेवा सुचारु गर्न थालेकाछन् । हिलिहाङ र फाल्गुनन्दको प्रशासनिक भवन निर्माण अन्तिम अवस्थामा पुगेको छ । कुम्मायक गाउँपालिकाकाले मात्र भवन बनाउन जग्गा ब्यवस्थापन भएको पालिका अध्यक्ष बम प्रसाद लावतीले बताए ।

 

प्रकाशित : ५ कार्तिक २०८२, मंगलबार, ,