समाचार

राजमार्ग तथा सडक खण्डहरु अवरोध



पाँचथर  ।  गएरातीको अबिरल बर्षाले पाँचथर जिल्ला मुख्य तथा शाखा सडहरुमा १२ स्थानमा सडक अवरोध पुगेको छ ।  पाँचथरको  फाल्गुनन्द गाउँपालिका ३ रमाईलो चोक, चिज फ्याक्ट्री, पौवाचोक र चिम्फुला स्थित मेचि राजमार्गमा पहिरो झरी मेचि राजमार्गमा पुर्ण रुपमा बाटो अवरोध भएको छ ।

 फिदिम नगरपालिका ३ लालीखर्क स्थित मेचि राजमार्गमा पहिरो झरी मेचिराजमार्ग पुर्ण रुपमा अवरोध भएको । फिदिम नगरपालिका १ र ११ सिमाना स्थित फिदिम फालाटे सडक खण्डमा फेमेखोलामा रहेको होमपाईप बगाएकोले रसडक खण्ड पुर्ण क्षती भएको छ । फिदिम आठबाट १३ वडा जाने  त्रिबेणीमा रहेको पक्की पुल बगाएको छ ।  फिदिम नगरपालिका १२ पिपलबोटे स्थित पिपलबोटे बुधुक भित्री कच्ची सडकमा पहिरो झरी सडक अवरोध भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

  त्यसैगरी पाँचथरको तुम्वेवा  गाउँपालिका २ नावाखोला स्थित तमोर करिडोर सडक खण्डमा पहिरोले सडक अवरोध भएको छ। नावाखोला स्थित तमोर करिडोर सडक खण्डमा पर्ने खोलामा पानीको बहाव बढेकोले तर्न सक्ने अवस्था छैन ।

फालेलुङ गाउँपालिका ८ आकाशे भञ्ज्याङ फिदिम फालाटे सडक खण्डमा पहिरोले पुर्ण रुपमा अवरोध बनाएको छ । याङवरक गाउपालिा २ दोभाने स्थित मध्य पहाडी लोकमार्ग पुर्ण क्षती गरेर अवरोध बनाएको हो । याङवरक  गाउँपालिका ३ रिजाल भिरमा मध्यपहाडी लोक मार्गमा पहिरो झरी सढक पुर्ण रुपमा अवरोध भएको प्रहरी बताउछन् ।

 

 

प्रकाशित : १९ आश्विन २०८२, आइतबार, ,