घटना

बोलेरो गाडी दुर्घटनामा ६जनाका मृत्यु र ६ घाइते



पाँचथर ।  कुम्मायक गाउँपालिका ३ कार्तिके स्थित तमोर करिडोर सडक खण्डमा १८ गते सनीबार  जिप दुर्घटनामा परी छजनाको मृत्यु र छ जना घाइते भएकाछन् ।

 मृत्यु हुनेमा  जिल्ला मोरङ उर्लाबारी नगरपालिका ८ बस्ने बर्ष २८ की मनिषा कार्की, जिल्ला ताप्लेजुङ साबिक थुकिमा ५ हाल मेरिङदिन गाउँपालिका ०५ बस्ने बर्ष २९ की युना तामाङ,  मेरिङदेन गाउँपालिका २ बस्ने बर्ष ३३ को बिनोद लोङवा, मेरिङदेन गाउँपालिका ४ बस्ने बर्ष २१ की गीता हाङगाम, मेरिङदेन गाउँपालिका ५ बस्ने बर्ष ३२ को अभीषेक लिम्बु र   मेरिङदेन गाउँपालिका ५ बस्ने बर्ष ३३ को धन कुमार चोङवाङ रहेको  जिल्ला प्रहरीक कार्यालय पाँचथरले जनाएको छ ।

बोलेरो दुर्घटनामा ताप्लेजुङ मेरिङ्देन गाउँपालिका ५ निबासी बर्ष २२ को महेश लिम्बु, मिक्लाखोला गाउँपालिका ४ निबासी बर्ष २५ कि मनु सावा लिम्बु, कालीखोला निबासी बर्ष ७ को अनिश लिम्बु र  सुनसरी ईटहरी उपमहानपरपालिका ७ का ३५ बर्षको महेश गुरागाँई घाईते भएकाछन् । उनीहरुलाइ विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भई रहेको छ ।

त्यसैगरी ताप्लेजुङ मेरिङ्देन गाउँपालिका ५ का २५ बर्षको बिमल लिम्बुको जिल्ला अस्पताल पाँचथरमा उपचार भई रहेको छ भने ताप्लेजुङ मिक्लाखोला गाउँपालिका ४ सावा बस्ने बर्ष ३० को संजोहाङ लिम्बुको थप उपचारको लागि  झापा तर्फ रेफर भएको निजको काका चित्र बहादुर सुब्बाले बताए ।

ताप्लेजुङ जिल्लाको मेवाखोला गाउँपालिका २ बडा सावाबाट धरान तर्फ जादै गरेको मे १ ज ३०५५ नंम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई रोडदेखी तिनसय मिटर तर तमोर नदी झरी सवारी दुर्घटना भएको हो ।  

घटनापछि नेपाली सेना, शसत्त प्रहरी वल र जनपथ प्रहरीद्धारा बुलेरो दुर्घटना परेका घाइतेहरुका उद्धार गरीएको र मृत्यकहरुलाई जिल्ला अस्पताल पाँचथरमा ल्याइएको थियो । मिक्लाखोला गाउँपालिका ४ सावा स्थानबाट नियमित रुपमा धरान इटहरी सवार हुने सवारी साधन दुर्घटना भएको रहेको  जिल्ला प्रहरीक कार्यालय पाँचथरले जनाएको छ ।

मिक्लाखोला गाउँपालिका ४ सावा स्थानबाट नियमित रुपमा धरान इटहरी सवार हुने सवारी साधन दुर्घटना भएको हो ।

प्रकाशित : १९ आश्विन २०८२, आइतबार, ,