इतिहास

निसान नचाउने र मार काट्ने प्रथाको बढाव दिदै



पाँचथर ।  याङवरक गाउँपालिका–४ थुर्पुस्थित निसान माङ्धाममा सदा झैं श्री कम्पो र श्री जङ्गी, जोडी निसान हरके बर्षको असोज महानवमीको दिन नचाइो गरन्छि ।
याङ्ग्रकका सुब्बाहरुले १८९५ साल फागुन १८ गतेदेखि निसानलाई लिम्बुवानको जीउँदो इतिहास, आफ्ना पूर्खाको गौरवको निसानीको रुपमा प्रदेर्शन गर्दै आएका छन्।

श्री कप्पो र श्री जङ्गी निसान तथा माङ्धाम संरक्षण समितिका सचिव महेन्द्र सेलिङले जोडी निसानमध्ये तत्कालीन याङ्ग्रक थुमका सुब्बा हंसबल माबोको नेतृत्वमा १८९५ साल फागुन १८ गते तत्कालीन शाहवंशीय राजा राजेन्द्रवीरबिक्रम शाहबाट प्राप्त भएको श्री कम्पो निसान हो।
त्यस्तै श्री जङ्गी निसान भने याङ्ग्रक थुमका सुब्बा मतपाल सेलिङको नेतृत्वमा १९१२ साल चैत ३० गते तत्कालीन शाहवंशीय राजा सुरेन्द्रवीरबिक्रम शाहबाट प्राप्त भएको निसान हो।

समिति सचिव सेलिङका अनुसार श्री कम्पो याङ्ग्रक थुमका १३ थरी २२ सुब्बाहरुको निसान हो भने श्री जङ्गी १६ थरी ५२ सुब्बाहरुको निसान हो।
याङ्ग्रकका सुब्बाहरुको जिम्मामा रहने जोडी निसानमध्ये श्री कम्पोलाई बडा दशैंको सप्तमीको दिन र श्री जङ्गीलाई अष्टमीको दिन बाहिर निकालिन्छ। त्यसपछि महानवमीको दिन याङ्ग्रकका २९ थरी ७४ सुब्बाहरुले यतिबेला पनि जोडी निसान नचाउने र मार समेत हान्दै प्रथालाइ निरन्तर दिर्दै आएकाछन्।

याङ्ग्रके सुभाहरुले तत्कालीन शाह राजाहरुले बोकाएको साँस्कृतिक उपनिवेशको भारी बिसाउनका सट्टा झन झकिझकाउ मनाउदै आएकोमा चिन्ता ब्यक्त गर्नेहरु पनि त्यतिकै संख्यामा रहेकाछन् ।

उनीहरुले निसान र ढाँल, तरवार, खुँडा, कट्टी लगायत हातहतीयरहरुलाई संग्रहालय बनाएर संरक्षण गर्दै निसान नचाउने र मार हार काट्ने प्रचलनको बढाव दिर्दै आएका हुन । त्यसैलाई प्रसाहित गर्न त्यस स्थानमा अन्य पुर्वाधार बनाएर थप आकर्षण बनएको जनप्रतिनिधिहरु बताउछन् ।

प्रकाशित : १८ आश्विन २०८२, शनिबार, ,