समाचार

जेन्जी आन्दोलनका सहिदहरुको सम्झनामा र्याली



पाँचथर ।   जेन्जी पुस्ताले गत भदौ २३ र २४ गतेको आन्दोलनमा ज्यान गुमाएका सहिदहरूको १३ दिनको पुण्यतिथिमा फिदिममा मौन र्याली गरेकछन् ।

फिदिमको शनिबारे फाल्गुनन्द चोकबाट निकालीएको र्याली बजार परिक्रमा गर्दै गणतन्त्र चोकमा पुगेर दीप प्रज्ज्वलन तथा शोकसभा गरिएको थियो। 

भ्रष्टाचार विरुद्ध र सामाजिक सञ्जाल बन्दको विरोधमा जेन्जीले देशव्यापी आन्दोलन गरेका थिए। सो क्रममा प्रहरीको गोली लागी ७२ जनाको मृत्यु भएको थियो। त्यही दिन पाँचथरको हिलिहाङ गाउँपालिका–अमरपुरका २८ वर्षीय कमल भण्डारी घाइते भई उपचारका क्रममा ज्यान गुमाएका थिए। मृतक परिवारलाई परिवर्तन संघ पाँचथरले राहतस्वरूप ३० हजार रुपैयाँ सहयोग गरेको थियो

कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्ले र उपप्रमुख राधाकृष्ण न्यौपाने लगायतको सहभागिता रहेको थियो।

प्रकाशित : १४ आश्विन २०८२, मंगलबार, ,