पाँचथर । पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा वेथिति बढ्दै गएको राजनीतिकदलहरुले ध्यानाकर्षण पत्र बुझाएका छन । नेपाली कांगेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र सयुक्त पहिचानवादी सहित ६ राजनीतिक दलहरुले मंगलबार गाउँपालिकालाई सयुक्त ध्यानाकर्षण गराएका थिए । गाउँपालिकामा नीतिगत भ्रष्ट्रचारको गुनासो बढेको, कानुन विपरित कर्मचारीलाई आवस सुविधा दिएको र सरकारी सवारी साधनको चरम दुरुपयोग गरेको भन्दै दलहरुले दुई पृष्ठको ११ बुदे ध्यानाकर्षण पत्र गाउँपालिका अध्यक्ष वंम प्रसाद लावतीलाई बुझाएका हुन ।
कानुन विपरित कर्मचारीलाई आवस सुविधा दिएको र सरकारी सवारी तत्काल सुविधा कटौती गर्न माग गरिएको छ । सयुक्त ध्यानाकर्षणमा गाउँपालिका जनप्रतीनिध आफैको जग्गामा कुखुरा पालन गर्न २२ रोपनी जग्गा लिजमा लिएको उल्लेख छ । दुई आर्थिक वर्षमा ४१ लाख खर्च गरी निजि जग्गा लिजमा लिएको बदर हुनपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै गाउँपालिकाले शिक्षा ऐन विपरित विद्यालय मर्ज गरेको, नागरिकले पाउँने सुचनाको हकलाई बञ्चित गरेको भन्दै नागरिक बडापत्र राख्न समेत सुझाव दिएको छ । गाउँपालिकाले औजार र उपकरण मसल खरिदमा संलग्न कर्मचारीलाई छानविन गरी कारर्वाही गर्न समेत माग गरेकाछन् । ध्यानाकर्षण पत्रलाई बेवास्ता गरे कडा प्रतिवाद गर्ने दलहरुको चेतावनी दिएका छन । गाउँपालिकाले भने ध्यानाकर्षण पत्रको उत्तम राय सुझावहरु कार्यन्वयन गर्ने पालिका अध्यक्ष बमप्रसाद लावती बताउनु भयो ।











प्रतिक्रिया