पाँचथर । हरेक बर्ष तिन तहको सरकारबाट पक्कीकुलो बनेर सिन्चीत क्षेत्र बढेको छ । सहज सिचाइ पुगेर किसान उत्साहित भएपनि गतबर्षको बाढिपहिरोले उर्बर खेतहरु बगाएर धान खेती क्षेत्रफल घटेको हो । प्रयाप्त सिचाइ पुग्ने र बढि धान उत्पादन हुने खोला खेतीहरु बगाएको कृषि ज्ञान केन्द्र पाँचथर प्रमुख महेस कुमार चौधारीले बताए ।
पाँचथरका किसान ब्यबसायीक खेती तर्फ उन्मुख भएका पाइन्छन् । प्रदेस सरकार र स्थानीय तहले आत्मनिर्भर किसान बनाउन पक्की कुलो बनाएर धान उत्पालन गरेर आत्म निभर किसान बनाउने अभियान निक्कै प्रभाबकारी भएपनि बाढि पहिरोले धान खेती क्षेत्रफल घटेको छ ।
जिल्लामा ६० प्रतिसत्र बढि स्थानमा आकासे सिचाइको भरमा धान खेती हुने खेतहरु साठि प्रतिशत क्षेत्रफलमा सिचाइ पुगेको छ । जिल्लामा ६० हजार दुइसय ५७ हेक्टर अर्थात ४८ प्रतिशत खेती योग्य जमीनछन् । ५हजार ८सय ४८ हेक्टरमा धान उत्पादन हुने गरेको भएपनि पाँच हजार पाँचसय ५६ हेक्टर अथात ९५ प्रतिशत धान रोपाइ भएको छ ।
संघीय, प्रदेस र स्थानी सरकारबाट सिचाइ कुलो निर्माण तथा यन्त्र उपकरण लगायतको बिभिन्न प्रकारको अनुदान दिएर धना खेती गर्न सजिलो भएर धान खेती विस्तार किसान उत्साहित भएर लागेकाछन् । तर अबिरल बर्षाले खेतहरु बगाएर उर्बर खेत मरुभुमि बनेर धान रोप्न नपाएका किसान भने निरास भएकाछन्













प्रतिक्रिया