समाचार

एकै स्थानमा चार पटक पुल बन्यो



पाँचथर।    बनेको पुल बाढिले बगाएर पटक पटक पुन बनाउनु परेको छ । एकै स्थानमा चार पटक पुल बनाउनु परेको यो स्थान नेपालकै पहिलो हुनसक्छ । पाँचथर जिल्लाको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका सिमानामा बग्ने हेवा खोलामा बन्दै गरेको यो पुल चारऔ पटक बनाएको पुल हो ।

२०५१ सालमा निर्माण भएको पक्की पुल बनेको थियो । २०८० साल असार २ गतेको बाढिले बगाएको थियो । त्यस लगग्तै बनेको बेलीब्रिज पुल २०८१ साल असार १२ गते बगाएको हो । त्यहाँ पुन तेस्रो पटक बेलिब्रिज पुल पुन निर्माण गर्ने क्रममा भाँचिएर हटाउनु परेको थियो । त्यसम समय तिनजनको मृत्यु र नि जा घाइते भएका थिए । त्यहि स्थानमा ७० मिटर लम्बाइको पुन स्पान पुल बनाएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन कुमार भट्टराइले बताए ।

ब्यस् सडक रहेको मेचि राजमार्ग अन्तरगत पाँचथर ताप्लेजुङ जिल्ला आवतजावत गर्ने त्यहि हेवामा चौथो पटक पुल बनेको हा् । भारतको सात करोड बराबरको पुल सामग्री सहयोग गरेर नेपाल सरकारको तिन करोड पचास लाख रकम लगानी पुल निर्माण भएको छ । ७० मिटर लम्बाइको स्पान पुल नेपालको लामो पुल समेत बनेको सडक डिभिजन कार्यालय इलामका प्रमुख भट्टराइले जनाएको छ ।

त्यसै सथान तेस्रा पटक पुल बनाउन तिनजना श्रमिकको मृत्यु भएको थियो भने तिनजना घाइते भएर निर्माण ठप्प भउको त्यस पुल निर्माण भएको छ । पुल बनेर पाँचथर र ताप्लेजुङ जिल्लाबासीको पुरानै लयमा जनजिबन सहज हुने उनीहरुले आसा गरेकाछन् ।

पुल नहुदा डाइभसन, तुइन र फड्के पुल बनाएर जोखिमले आवतजावत गर्दैआएका जिल्लाबासीले भदौ ४ गते उद्घाटन गरेर सुचारु हुने जनाएको छ ।

अर्कोतर्फ त्यस स्थान आसपा सडक तथा पुल बनेसंगै एक दर्जनबढि घरबस्ती बनेकाहरु समेत पुल बगाएसंगै जोखिम हुने गरेको स्थानीयबासी भानु थापाले बताए

प्रकाशित : ३ भाद्र २०८२, मंगलबार, ,