खेलकुद

अखिल नेपाल खेलकुद महासंघ प्रदेश १मा रितेश श्रेष्ठ अध्यक्ष निर्वाचित



सुनसरी।   अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ को दोस्रो अधिवेशनबाट रितेश श्रेष्ठ अध्यक्ष पदमा निर्वाचित भएको छ । इटहरीमा सम्पन्न प्रदेश १ को दोस्रो अधिवेशनले  अध्यक्ष श्रेष्ठसंगै ६१ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित भएको हो ।

सुनसरीको इटहरीमा शनिबार उद्घाटन भएको अधिवेशन आइतबार सम्पन्न भएको हो । नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) निकट प्रदेश स्तरमा अखिल नेपाल खेलकुद महासंघमा खेलाडीहरुलाई संगठित गर्दै दोस्रो अधिवेशन गरेको हो । प्रदेशका १४ जिल्लाबाट १२९ प्रतिनिधिहरू सहभागि रहेका थिए ।

सर्वसहमतीबाट निर्वाचित भएका हुन । उपाध्यक्षहरूमा– नयन श्रेष्ठ, गणेश मगर, योगेश थापा निर्वाचित भएकाछन् । सचिवमा इन्द्रकुमार योञ्जन तामाङ , सहसचिवमा कृष्णबहादुर राई चाम्लिङ्ग र कोषाध्यक्षमा–जीवनी राई निर्वाचित भएका निर्वाचन समिति संयोजक राजेन्द्र किरातीले जनाएको छ ।

प्रकाशित : १ भाद्र २०८२, आइतबार, ,