काडमाण्डौ । फोनिजको २६ औं वार्षिकोत्सव तथा फोनिज राष्ट्रिय अवार्डबाट सातजना सम्मानीत भएकाछन् । मंगलवार काडमाण्डौमा फोनिज अवार्डका टेलिभिजन, रेडियो,छापा, अनलाइन, प्रवास र भाषीक विधाहरू सम्मान गरेको हो । सञ्चार तथा सूचना प्रबिधी मन्त्री पृथ्वीसुब्बा गुरुङले र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एवाड पुरस्कार वितरण गर्नु भएको थियो ।
२६ औ फोजिन पुरस्कार स्थापना दिवसमा सोहि अवसरमा पूर्व मन्त्रीहरु माननीय भगवती चौधरी, माननीय हितबहादुर तामाङ ( कान्छाराम तामाङ), माननीय सांसदहरु, संवैधानिक आयोगका, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठान, आदिवासी जनजाति महासंघका उपस्थिति रहेका थिए ।
त्यसैगरी जातीय संगठनका अध्यक्ष तथा सदस्य, नेफिन अन्तर्गतका महसंघहरु, नेपाल पत्रकार महासंघ, फोनिजका संस्थागत तर्फका ८ वटौ घटक संस्थाका अध्यक्ष तथ प्रतिनिधिहरु, बौदिक व्यक्तित्वज्यूहरु, सुरक्षा निकायका प्रमुख, फोनिजका सल्लाहकारज्यूहरु, सञ्चार सम्वद्ध संगठनका नेतृत्व सहभागी भएका थिए ।
फोनिज राष्ट्रिय अवार्ड विधा र सम्मानीत ब्यक्तीहरु
मोक्ष गुरुङ – फोनिज राष्ट्रिय पत्रकारिता प्रवास सम्मान (प्रवास)
गजुरधन राई – फोनिज राष्ट्रिय पत्रकारिता सम्मान (टेलिभिजन)
अमरध्वज लामा – फोनिज राष्ट्रिय पत्रकारिता सम्मान (रेडियो)
कोचिला सामाद – फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान (राजवंशी त्रैमासिक)
सविन प्रियाशन – फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (छापा)
मुनेश लायो मगर – फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (अनलाइन)
बन्दना दनुवार – फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार (रेडियो)













प्रतिक्रिया