काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका सबै नेताका छोराछोरी स्वदेशमा अनिवार्य अध्ययन गर्नुपर्ने भएको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका सबै नेताका छोराछोरी स्वदेशकै सार्वजनिक विद्यालयमा पढ्नुपर्ने गरी पार्टीले निर्णय गर्ने तयारी गरेको बताएका छन् ।
बिहीबार काठमाडौं अखिल क्रान्तिकारीले गरेको शैक्षिक संवादका क्रममा प्रचण्डले पार्टीले निर्णय गर्ने तयारी भइरहेको बताए ।
प्रचण्डले भने, ‘पार्टी केन्द्रका सबै नेताहरूले आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालय वा त्यस्ता कलेजमा पढाउने, विदेश नपठाउनेबारे हाम्रो छलफल भएर निर्णयतिर हामी गइरहेका छौँ ।’











प्रतिक्रिया