बागमती । कांग्रेस संसदीय दलको नेता समेत रहेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलको नेता हैसियत गुमाउनु भएको छ । मतविभाजनमा मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाउनुभएको हो ।बागमतीमा रहेका कांग्रेसका ३७ प्रदेश सांसदमध्ये लामाका पक्षमा १५ सांसदले मात्र मत पाएका थिए भने २२ सांसद विपक्षमा उभिएका कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद ईन्द्रबहादुर बानियाँले पाएका छन् ।
बागमतीमा मुख्यमन्त्री परिवर्तनका लागि कांग्रेसकै मन्त्रीहरूले राजीनामा समेत दिएका थिए । आज मात्र खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री श्यामबहादुर खड्काले सोमबार राजीनामा दिएका थिए । यसअघि ९ साउनमा प्रदेशका ४ जना मन्त्रीले राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । मुख्यमन्त्री लामाले आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने चार जना मन्त्रीलाई पदमुक्त गरिसक्नुभएको छ ।
उहाँले रिक्त चार मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरी अविश्वासको प्रस्ताव सामना गर्ने रणनीति तय गरेपनि सफल हुन सकेन । संसदीय दलको नेतामा पराजित भएसँगै लामालाई मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्गप्रशस्त गर्न दबाब बढेको छ ।
कांग्रेस प्रदेश सभापति तथा प्रदेश सांसद बानियाँको नेतृत्वमा अविश्वास प्रस्ताव दर्ता भएको हो । मुख्यमन्त्री लामा र बानियाँ दुवै कांग्रेस सभापति शेरबहादुर देउवा निकट नेता मानिनुहुन्छ । यसैबीच, मुख्यमन्त्री लामाले संसदीय दलमा बहुमत गुमेपनि पदबाट राजिनामा नदिने बताउनुभएको छ । आफूविरुद्ध षड्यन्त्र भएको भन्दै संविधान अनुसार अघि बढ्ने र राजिनामा नदिने उहाँको भनाइ छ ।













प्रतिक्रिया