पाँचथर । संघीय पुर्नसंरचना भएपछि वडा तथा पालिका केन्द्र पुग्ने कालोपत्रे सडक बन्नेक्रम तिब्र भएकाछन् । पाँचथर जिल्लाको आठ स्थानीय तहको प्रशासकिय केन्द्रमा कालोपत्रे सडक बनाउने अभियान अन्तीम अवस्थामा पुगेकाछन् । फाल्गुनन्द गाउँपालिका फाक्तेप, फालेलुङ गाउँपालिकाको थकेपुङ र हिलिहाङ गाउँपालिका प्रशासकिय भवनमा पुग्न बाँकी सडक निर्माण ढिलाइ हुने भएकाछन् ।
तुम्बेवा गाउँपालिका मौवा जाने कालोपत्रे सडक निर्माण अन्तीम अवस्थामा पुगेको । जोरपोखरी एकतिन मेमेङ तिनसमिाना सडक निर्माण ढिलाइले थकेपुङ पुग्न ढिलाइ भएको हो । मिक्लाजुङ गाउँपालिकाको प्रशासकिय केन्द्र रवि बजारमा कालोपत्रे सडक बनेपनि भेरेटार रवि राँके सडक जोडिन नसकेको रवि र फाक्तेप जोडिन बाँकी छ ।
नगर उपप्रमुख राधाकृष्ण न्यौपानेका अनुसार फिदिम नगरपालिकामा रहेको १ वडाहरुका अधिकांस वडाका कार्यालयहरुसम्म कालोपत्रे सडक पु¥याउने अभियान अन्तीम अवस्थामा रहेको बताए । नगरको सात, आठ, दस, तेह्र र चौध वडा कार्यालयसम्म कालोपत्रे सडक पुग्न मात्र बाँकी रहेकाछन् । वडा कार्यालयसम्म कालोपत्रे सडक पुगेका वडाबासीलाई राहत पुगेको १ नम्बर वडा अध्यक्षगजाधर भट्टराइले खुशी ब्यक्त गरे ।
फिदिम बजारमा २०६३ सालमा कालोपत्रे बनेको थियो । त्यसैगरी जिल्लाको याङवरक गाउँपालिकाको प्रशासकिय केन्द्र मेदिवुङमा २०७६ सालमा मध्यपहाडी पुष्पलाल लोकमार्ग कालोपत्रे सडक पुगेको छ । कुम्मायक गाउँपालिका प्रशासकिय केन्द्र यासकमा गतबर्ष कालोपत्रे सडक बनेको हो ।
तमोर कोरीडोर फष्टट्याक सडकले छोएकोले तुम्बेवा गाउँपालिका प्रशासकिय केन्द्र मौवा बजारसम्म पुग्ने धमाधम कालोपत्रे सडक बन्दैछ । धमाधम कालोपत्रे सडक बन्दै गरेको तमोर कोरिडोर सडकले याङवरक गाउँपालिकाको प्रशासकिय केन्द्र पञ्चमी जोडिन सजिलो हुनेछ ।
जिल्लाको वडा तथा टोलबस्तीहरुसम्म सामान्य सडक निर्माण भएर सहज बनेको बेला कालोपत्रे सडक बनाउने अभियानले जिल्लाबासीलाई आवतजावत सजिलो भएको हो । संघीय सरकार अन्तगत सडक डिभिजन कार्यालय इलाम र प्रदेश सरकार अन्तगत पुर्वाधार विकास कार्यालय पाँचथर मार्फत जिल्लाको पालिका तथा वडा केन्द्रसम्म पुग्ने कालोपत्रे सडक बन्दै गरेको कायाल्यरुले जनाएको छ ।
गाउबस्तीसम्म पुग्ने सडकहरुमा कालोपत्रे बन्नेक्रमले दुर्गम भेगका नागरिकको दैनिक जिवनयापन सजिलो भएको जनप्रतिनिधिहरुले जनाएकाछन् ।











प्रतिक्रिया