पाँचथर । भुमिहिन ब्यक्तीलाई जग्गा धनीपुर्जा दिन पाँचथरको दुइ पालिकामा अमिनि सहितको टोलि जग्गा नापजाँच सुर गरेकाछन् । पहिलो चरणमा भुमिहिन तथा सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन जिल्लाको दुइ पालिकामा सुरु गरेको हो । भुमि आयोग गठन गरी ३१बर्षमा पाँचथर जिल्लामा २१ पटक गठन भइसकेको आयोगले सुकम्बासीलाई धनीपुर्जा दिन नसकेको भन्दै यसबर्ष समयमै धनिपुर्जा दिनेगरी अमिनिहरु स्थलगत नापजाचँ सुरु गरेको भुमि समस्या समाधान आयोग अध्यक्ष धनकुमार फियाकले बताउनु भयो ।
जग्गा नापजाँच तथा किक्ताकाँट गर्ने ६ जना अमिनी र सर्बेक्षक स्थलमा खटिएकाछन् । उनीहरुले हिलिहाङ गाउँपालिकाको सात वडामा चारजनाको लागि २१ रोपनी आठआना जग्गा नापजाँच गरिसकेकाछन् । मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर छ, सात र आठका भुमिहिन ६ जना र अब्यबस्थित ६५ जनाको दुइसय ८३ रोपनी ११ आना जग्गा नापजाँच गरेको टोलि प्रमुख सर्बेक्षक अनिस पुनले बताए ।
भुमि आयोग पाँचथरले एकसय ११ भुमिहिन दलित, एकसय ४४ भुमिहिन सुक्कुमबासी र ६हजार ६ सय ४० अव्यवस्थीत बसोबासको लगत विवरण संकलन भएकाछन् । विवरण संकलन भएका मध्ये एकसय एक भुमिहिन दलित, एकसय ६ भुमिहिन सुकम्बासी र चार हजार नौसय एक अब्यबस्थित लगत विवरण प्रविष्ट भइसकेको नापि प्रमुख उमेस नेम्बाङले बताए ।













प्रतिक्रिया