समाचार

प्रदेशको उत्कृष्ट प्रहरी कार्यालय



पाँचथर ।   कोशी प्रदेशको चौध जिल्लाहरु मध्ये जिल्ला प्रहरी कार्यालय पाँचथर कार्य सम्पादनमा उत्कृष्ट एकमा पर्न सफल भएको छ । विगत बर्षमा कार्यसम्पादन अन्तिम अवस्थामा रहेको कार्य सम्पादन मुल्याङकन सुधार भएको हो ।

पाँचथर जिल्ला प्रहरी कार्यालय यस आर्थिक बर्षमा ९४ दसमलब ८४ अंक ल्याएर प्रथम भएको हो । बर्षभरी गरिने सेवा, मुद्धा फछ्यौट र कार्य सम्पादनमा सफलतापुर्वक सम्पन्न गरेर प्रदेशकै राम्रो मुल्याङकन परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सुचना अधिकारी रुपेस तामाङले बताए ।

नागरिकको घरआगनमा पुगेर सुरक्षाका बारेमा रायसुझाव लिने र नागरिक प्रति प्रहरीको काम विस्वास र भरोयुक्त वातावरण बनेको फिदिम १३ जेभाले निबासी गजेन्द्र राईखुशी ब्यत्त गरे ।

प्रकाशित : ११ श्रावण २०८२, आइतबार, ,