कृषि

फुल्ने तर फल भने हाडेजालो लागेको मुला उत्पादन



पाँचथर ।   एक्काइ सय रोपनीमा लगाएको मुलाबाट पाँचथरका किसानले बार्षिक तिन करोड बढिको मुला बिक्री गर्दैआएकाछन् । तर त्यहि मुला यसबर्ष सुरुमै मुना पलाएर फुल्ने र आडजालो लागेर मुला उत्पादनमा हा्रस भएको छ । जिवन निर्भाहको निबिकल्प मुला खेती गर्ने पाँचथरका किसानले लगाएको मुला फल लाग्नु पर्ने तर फुलेर उत्पादन नभएर किसान निरास भएकाछन् । 

मुल फुलेपछि बर्षभरीको कमाइ गुमेको भन्दै नगरपालिका र कृषिज्ञान केन्द्र पाँचथरमा क्षती भराइ दिन  किसानले माग गरेपछि कृषि विज्ञ टोलि सहित जनप्रतिनिधहरु मुलाबारी अवलोकन गर्न थालेकाछन् ।

अवलोकनमा पुगेका कृषि ज्ञान केन्द्र प्रमुख महेस कुमार चौधारीले किसानको गुनासो अनुसार स्थलगत अनुसन्धान भइरहेको र बिउ बिक्रेर्ताले बेइमानि गरेको फेला परेमा कानुनी कारबाहि हुने बताए ।

जनप्रतिनिधी र कृषिज्ञान केन्द्रले किसानको मुला फल्न नसकेर फुलेको मुलाबारीहरु अनुगमन बढाएकाछन् ।  किसानले बिगत बर्षहरुमा बिर्तामोड हिमालय सिड सेन्टरबाट बिउ ल्याएर लगाउदै आएको थिए । यसबर्ष पनि त्यहिबाट ल्याएको बिउ भने मुना पलाएर सेत्याम्य फुल्ने तर फल भने हाडेजालो लागेर ९० प्रतिशत मुला क्षती भएको  फिदिम नगरपालिका १४ का किसान हुमेन्द्र राईले दुखेसो गरे ।

कोरीयन देसबाट मिनरली बिउ आउदथ्यो । यसबर्ष न्यजिल्याण्ड देसको मिसावट रङग तथा  ढुसि पलाए जस्तो  बिउ रोप्नाले फुल्ने र हाडे मुला उत्पादन भएको किसान राईको गुनासो छ ।

पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिका तथा इलाम जिल्लाको इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकाको उच्च भेगमा लगाएको मुला सेतै फुल्ने र हाडेजाली लागेको मुलाहरु भएको अर्का किसान सुरेस राई बताउछन् ।

मुलबाट जिवन गुजारा चलाउनेहरु भने मुला फल बिक्री गर्न नपाउदा यसबर्ष भोकमारी लाग्ने भएपछि सम्बन्धित निकायमा कारबाहिको लागि जाहेर गरिसकेको स्थानीय किसान अजय राईले जनाएकाछन् ।

बारीभरी रहर लाग्दो सेतै फुल लागेको मुला खेती अवलोकन गर्दै फिदिम नगर उपप्रमुख राधाकृष्ण न्यौपानेले किसानको उजुरी अनुसार बिउ वितरणलाई किसानको क्षती भराइ दिने पहल हुने बताएकाछन् ।

रसदार गुलियो अर्गानिक उत्पादन हुने त्यहाँको मुला तराईको बिभिन्न जिल्ला तथा भारत देसको आधा दर्जनबढि  ठुला बजारहरुमा बिक्रि वितरण हुन्थो । यसबर्ष भने त्यहि मुला कम उत्पादन भएको र मुल्य समेत कम रहेको कृषक बताउछन् ।

 

प्रकाशित : ९ श्रावण २०८२, शुक्रबार, ,