कृषि

फुल लाग्ने तर मुला नफलेपछि पाँचथर किसान निरास



पाँचथर ।  यो देखिरहेको सुन्दर फुलले मन लोभ्याइ दिन्छ तर त्यहि फुल फुलेकै कारण किसानलाई जिउन मुस्कलि हुने भनेर चिन्तीत भएकाछन् । किसानको बारीभरी सेत्याम्य फुलेको फुल जति आकर्षण देखिन्छन् त्यतिनै निरास बनाउने मुलाको फुल हो । जव मुला फल बढ्नु पर्नेबेलामा ठोसा पलाएर फुल्न थालेर मुला उत्पादन नभएपछि पाँचथरका मुला खेती गर्ने किसान निरास भएकाछन् ।

उच्च पहाडका पाखाभित्ता जमिनमा लगाएको अर्गानीक मुला सबैको रोजाइमा पर्ने गरेको छ । फिदिम नगरपालिकाको पौवाभञ्याङ, रानीटार र फाल्गुनन्द गाँउपालिकाको पौवासारतापमा बढि उत्पादन हुने मुला खेति गर्ने किसानले दुइ महिनामै ५० हजारदेखी ५लाख रुपैयासम्म आम्दानी गर्दैआएकाछन् । तिन रोपनीदेखि १५ रोपनीसम्म मुला खेती गर्दैआएका तिनै किसानको मुला फुलेर उत्पादन नहुदा जिउन मुस्किल हुने दुखेसो गर्न थालेकाछन् । सुकेपोखरीका किसान सुरेस राईले बिउ बिक्रेतासंग क्षतीपुर्ति भराइदिन सबै निकायमा गुहार्न थालेकाछन् ।

त्यहाँको मुला नरम र रसद्धार गुलियो भएर तरार्इका बिभिन्न जिल्ला तथा भारतको काँकडिभित्ता र सीलगुडी बजारसम्म निकासी हुनेगरेको छ । मक्कै आलु र मुलाबालीमा निर्भर हुनुपर्ने त्यहाँका किसानले बार्षिक १० करोड रुपैया बढिको मुला बिक्री गर्ने दुइहजार बढि किसानको मुला फुलेर उत्पादन नभएको भन्दै निरासीनु परेको छ । मुलाको बिउ किन्ने बेलामा बिक्रेतासंग जुनसुकै मुलाबिउ लिएर रोप्नाले त्यहाँका किसानले यसबर्ष मुलाखेतीमा ठुलै घाटा खेप्नु परेको कृषि ज्ञानकेन्द्र पाँचथर बाली विशेषज्ञ केसर मग्राती बताए ।

प्रकाशित : ३ श्रावण २०८२, शनिबार, ,