घटना

 पिकअप दुर्घटना तीन जना घाइते, दुइजना रेफर



पाँचथर ।  फिदिम नगरपालिका–१३ लुङरुपास्थित टिम्बुरे स्थानमा सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्।
झापाको विर्तामोडबाटलुङरुपातर्फ गइरहेको मे १ च ४२१४ नम्बरको पिकअप गाडी बिहीबार मध्यान्ह दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

दुर्घटनामा फिदिम–१३ का ३३ वर्षीय चालक भवानी खतिवडा, ३२ वर्षीय सवारीधनी राम सुवेदी र पिकअपका सहचालक आयुष राई घाइते भएका हुन्। उनीहरूको पाँचथर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चालक खतिवडा र सवारीधनी सुवेदी झापा तर्फ रेफर गरिएको प्रहरीले जनाएको छ।

डिजेल, पशुखाद्य र अन्य सामग्री बोकेर जादैगर्दा दुर्घटना भएपनि दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित : १ श्रावण २०८२, बिहिबार, ,