पाँचथर । योङ कम्युनिस्ट लिग (वाईसिएल) नेपालको दुई महिने श्रम तथा उत्पादन अभियान पाँचथरमा पनि हुदैछन् । युवालाईसंग जोडेर समाजसेवा गर्ने अभियान पाँचथरको फिदिम नगरपालिका–९, लुङ्फाबुङमा सम्पन्न गरेको हो ।
बिहीबार लुङ्फाबुङ बजार आसपासको डाँडो, स्वास्थ्य चौकी, विद्यालय परिसर तथा सडक किनारमा सात सयभन्दा बढी बिरुवा रोप्दै वाईसिएल नेपाल पाँचथर अध्यक्ष गणेश तुम्रोकले बताए ।
वृक्षारोपण अभियानमा नेकपा माओवादी केन्द्र पाँचथर इन्चार्ज सीता थेबे, सह–इन्चार्ज दिनेश लावती, फिदिम नगरपालिका नगर उपमेयर राधाकृष्ण न्यौपाने, जिल्ला समन्वय समिति पाँचथरका अध्यक्ष विशाल रसाइली समेत सहभातिग रहेका थिइ ।
त्यसैगरी अभियानमा वाईसिएल केन्द्रीय सचिव विक्रम शंकर, सदस्यहरू अनिस तामाङ र सागर नेम्बाङ, प्रदेश सदस्य रोहित आङ्बो, दिपेन जबेगु र फिदिम–६ वडाअध्यक्ष विपन तुम्रोक लगायत पार्टी र वाइसीएलका नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो।
वाईसिएल पाँचथरले यसअघिका दिनहरुमा कुम्मायक, याङवरक, हिलिहाङ र फालेलुङ गाउपालिकाको सार्बजनिक स्थानहरुमा दुई महिने श्रम तथा उत्पादन अभियान अन्तगत कायृक्रम गरिसकेको वाईसिएल अध्यक्ष तुम्रोकले जनाएको छ ।













प्रतिक्रिया