स्थानीय तह

खसआर्य समुदायको संस्कार, संस्कृति र परम्पराको संरक्षण



पाँचथर । खसआर्य समुदायको संस्कार, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका कार्यक्रम सम्पन्न भएको छ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको आर्थिक सहयोगमा खसआर्य समुदाय लक्षित खसआर्य संस्कार र संस्कृति प्रवर्द्धन कार्यक्रम घुर्बिसे पञ्चमीमा तीनदिने प्रशिक्षण गरिएको हो।

तिम्वु पोखरी मिडिया एण्ड इभेण्टको आयोजनामा सम्पन्न कार्यक्रममा पण्डित कमल दाहाल र कमल भण्डारीले खसआर्य संस्कार र संस्कृति प्रवर्द्धन सहजीकरण गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका ३५ जना खसआर्य समुदायका अग्रजले तीनदिने प्रशिक्षणमा सहभागिता जनाएका थिए।

कार्यक्रममा जन्म, विवाह र मृत्युपश्चात गरिने काजकिरिया, पास्नी, पाठपूजा गर्ने र खसआर्य समुदायका धार्मिक सांस्कृतिक पक्षको ज्ञान अभिवृद्धि गर्नु तथा लोप हुँदै गएका सस्कार पुनःउत्थान रहेका आयोजकहरूले बताए। पालिकाले जातीय र सामाजिक सद्भाव कायम राख्न सहयोग पुग्ने विश्वास गरी कार्यक्रम संचालनमा सहयोग गरेको जनाएकाछन्।

गाउँपालिकामा बहुसंख्यक लिम्बू समुदाय ६५ दसमलब पाँचप्रतिशत वर्चस्व रहे त्यस पालिकामा बसोबास गर्ने खसआर्य समुदायलाई पनि विशेष कार्यक्रम मार्फत सम्बोधन गरिएपछि उनीहरु खुशी भएका छन् । विगतमा दलित, महिला, बालबालिका, अपांगता भएका व्यक्तिहरू लगायत लक्षित समूहका लागि समावेशी कार्यक्रम गर्दैआएकाछन् ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष बृजहाङ आङ्देम्बे र उपाध्यक्ष ठाकुर सिह नेम्वाङले सबै जाति, भाषा, संस्कारको सम्मान तथा संरक्षण गर्ने योजना बनाएको बताए ।

प्रकाशित : १६ असार २०८२, सोमबार, ,