पाँचथर । जिल्लामा ६ महिनामा १८ ओटा मानव अधिकार उलङघनका घटना भएकाछन् । इन्सेक पाँचथरले पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय, जिल्ला अदालत र स्थानीय न्यायिक समितिमा दर्ता भएका घटना सार्वजनीक गरेको छ ।
इन्सेक पाँचथरले सुक्रबार फिदिममा सुरक्षा निकाय, मानवअधिकारकर्मी र पत्रकार भेला गरेर जिल्लाको मानव अधिकार उलङघनका घटना बारेमा चर्चा भएको हो ।
जिल्ला समन्वय समिति प्रमख रामराज आङदेम्बे सहितको उपस्थितिमा मानव अधिकार उलङघन जानकारी र न्युनिकरण गर्ने बिषयमा छलफल भएको इन्सेक पाँचथर प्र्रतिनिधि इवारा जबेगुले बताए ।
२०८१ पुष महिनादेखि जिल्लामा मानव अधिकार उलङघनमा हत्या २, हत्याप्रयास ३, अभद्र ब्यबहार ५, बलात्कार ५, यौन दुब्र्यबहार २ र साइबर १ घटना भएको विवरण सार्वजनिक गरेको थियो ।
आइटी सुरक्षानजशत्ती अभावमा साइवर अपराध अनुसन्ंधान प्रभावकारी हुन नसकेको प्रहरी निरिक्षक मनोज कुमार यादवले बताए । कार्यक्रममा निरिक्षक यादवले सहमति भएसम्मको अवस्थामा कानुनी दायरामा ल्याउने प्रयास नभएर समाजमा हुने घटना दर्ता नहुदा कमै घटना विवरण देखिएको हो ।













प्रतिक्रिया