पाँचथर । फिदिम नगरपालिकाले १७ औं नगर सभा अधिबेशनले एक अर्ब,१० करोड,५१ लाख ३३ हजार २ सय १ रुपैंयाको नीति र कार्यक्रम पारित गरेको छ ।
फिदिम नगरको १७ औं नगर सभा अधिबेशनमा उप प्रमूख राधाकृष्ण न्यौपानेले आर्थीक वर्ष २०८२।०८३ का लागि चालु तर्फको ४४ करोड ४४ लाख र पुंजिगत तर्फको ११करोड ३२ लाख,संघीय ससर्त अनुदानतर्फ ५२ करोड ६ लाख रुपैंया प्रक्षेपण गरिएको छ ।
असार १० गते सम्पन्न नगर सभाले नगरपालिकाले ३ करोड ९४,८६ हजार ७ सय २० रुपैंया आन्तरिक आम्दानी प्रक्षेपण सहितको नीति कार्यक्रम प्रश्तुत गरेका थिए ।
कृषि, स्वास्थ्य शिक्षा र रोजागारीलाई प्राथमिकता दिने प्रतिवद्वता सहितको नीति कार्यक्रम प्रश्तुत गरेको नगर सभामा नगर प्रमूख मित्रप्रसाद काफ्लेले बताए ।
१७ औं नगर अधिवेशनले न्याय निरुपण सहित विभिन्न विधेयक संसोधन सर्ब सम्मत पारित गरेको नगर उपप्रमुख राधाकृष्ण न्यौपानले जनाए ।











प्रतिक्रिया