अन्तर्राष्ट्रिय

पाँचथर ओयाम निवासी सेलिङसहितको वैज्ञानिक टिमले वातावरणमैत्री पदार्थ पत्ता लगाए



अमेरिका ।    अमेरिकाको नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटी र पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीका वैज्ञानिकहरूको एक टोलीले ‘बिस्मुथ अक्सी सल्फाइड’ नानोसिड पदार्थको फोटोक्याटालाइसिस’ उपयोगिता बारे नयाँ तथ्य पत्ता लगाएका छन् । अनुसन्धान पेपरको फर्स्ट अथर नेपाली वैज्ञानिक बन्ने क्रममा हुनु भएका  अनुसन्धानकर्ता टंक सेलिङ पाँचथर जिल्ला याङवरक ३ ओयाम निवासी समेत रहनु भएको  उनी सोहि अनुसंधानमा सहभागि रहेका छन् ।  

अनुसन्धानकर्ता सेलिङका अनुसार नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटीका प्राध्यापक डा. फिन् यानको नेतृत्वमा भएको अनुसन्धानले विभिन्न उद्योग र अस्पतालबाट पानीमा मिसिने विषाक्त रसायनहरू ‘कङ्गो रेड’ र ‘रोज बेङ्गल’लाई ‘डिग्रेड’ गरी पानीको स्वच्छतालाई कायम राख्न सकिने देखाएको छ ।

अनुसन्धानमा संलग्न सेलिङका अनुसार ‘बिस्मुथ अक्सी सल्फाइड’ आफैँमा नयाँ पदार्थ हो । यसको ‘फोटोक्याटालाइसिस’ प्रविधिको उपयोगिता पहिलोपटक गरिएको दाबी छ ।

उनका अनुसार घामको प्रकाशको उपस्थितिमा रसायनिक प्रतिक्रियामार्फत् गरिने यो प्रविधि एकदमै वातावरणमैत्री छ । ‘फोटोक्याटालाइसिस वातावरणमैत्री भएकाले ‘बिस्मुथ अक्सी सल्फाइड’को व्यावसायिक उत्पादन र प्रयोग गरी वातावरण सन्तुलनमा अतुलनीय सफलता प्राप्त गर्न सकिने सम्भावना छ भन्नुभयो ।

अनुसन्धानबाट कम मूल्य र सहज प्रविधि प्रयोग गरी ‘बिस्मुथ अक्सी सल्फाइड’को उत्पादन र उपोगिताबारे सफलता हाँसिल भएर अनुसंधानमा खटिएका वैज्ञानिकहरू थप उत्साहित भएका छन् ।

अनुसन्धान पियर रिभ्यू जर्नल ‘मेरेटियल लेटर्स’ को ३६१ (२०२४) भागमा प्रकाशन भइसकेको जनाएको छ। टंक सेलिङ पाँचथर जिल्ला याङवरक ३ ओयाम निवासी समेत रहनु भएको  उनी सोहि अनुसंधानमा सहभागि रहेका छन् ।  

ओयामबासी सेलिङ नर्थ क्यारोलिना सेन्ट्रल युनिभर्सिटी र पेन्सिल्भेनिया स्टेट युनिभर्सिटीकाअध्ययन अनुसंधानपछि पाँचथर जिल्लाका पहिलो वैज्ञानीक बन्नेछन् ।

प्रकाशित : ९ असार २०८२, सोमबार, ,