पाँचथर । पछिल्लो समय राजनैतिक निरासा पैदा गराएको भन्दै समाबेसीसहितको पहिचानजन्य पार्टी दर्ता गर्ने पहिचानवादी माहोल बनाउन जिल्लाहरुमा पुग्ने क्रम बढाएको संयुत्त पहिचानवादी मोर्चा संयोजक डाक्टर महेन्द्रसुन्दर लावतीले बताए । पुराना दलले वेथिति, शुशासनहिन सहितको भष्ट्रचारी मौलाएको र पहिचानको मुद्धाहरु वेवास्था गरेर नागरिक झन निरास भएको निर्वाचन मत परिणामले देखाएको जिकिर गर्दै पहिचानवादी पार्टी खोल्ने तयारी अन्तिम अवस्थामा पुगेको पत्रकार सम्मेलनमा बताए ।
सनिवार फिदिममा सचारकर्मीसंगको भेटमा डाक्टर लावतीले मधेसवादीहरुले पहिचानको मुद्धा स्थापित गरेर राजनैतिक अवसर नागरिकसम्म पुर्याएको दाबि गर्दै तराइका थारुहट र लिम्बुवान खम्बुवानमा पहिचानको एजेण्डा प्रति चासो बढ्दो अवस्थामा रहेको भन्दै दल दर्ता गर्ने तयारी बनेको बताए ।
पहिलो चरणमा संयुत्त पहिचानवादी मोर्चा, प्रदेश नामाकरण संयुक्त संघर्ष समिति, जनमुक्ती पार्टी प्रदेस १ र नागरिक उन्मुत्ती पार्टी प्रदेस १ बिच एकता गरेर पहिचानवादी पार्टी बन्ने छ भन्नुभयो ।
पत्रकारको जिज्ञाासामा डा.लावतीले अहिलेका दल, त्यसका नेता तथा कार्यकर्ताहरुमा स्वार्थीपन बढेर अवसरवादी मौलाए नागरिकले केहि अवसर नपाएको ब्यापक जनगुनासो बढेको महसुस गरेर बहुपहिचानवादी पार्टी दर्ताको तयारी बनाएको भनाइ छ ।













प्रतिक्रिया