खेलकुद

पहिलो पटक सुम्हात्लुङ कप ब्याडमिन्टन हुदै



पाँचथर ।    खेलाडीको खेलमा उत्साहित गराउन प्रथम सुम्हात्लुङ कप ब्याडमिन्टन प्रतियोगिता विहिबारबाट पाँचथर फिदिममा सुरु भएको छ । पाँचथर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगितामा पुरुष युगल, महिला युगल, यु–१५ छात्र तथा छात्रा एकल, १०० वर्ष माथीको भेट्रान्स युगल खुला खेल हुदैछन् । प्रतियोगितामा अन्तर जिल्ला पुरुस युगल, खुल्ला मिश्रीत युगल गरि ७ बिधामा प्रतिस्पर्धा गर्नेछन् । बिभिन्न जिल्लाका दुइसय पचास खेलाडीहरु प्रतियोगितामा सहभागि भएको पाँचथर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष्य तेजबहादुर तुम्बापोले जानकारी गराएका छन् ।

प्रतियोगितामा पुरुष युगल तर्फ प्रथम लाई ५१ हजार , द्धितिय हुनेले २५ हजार र तृतियले १२ हजार ५ सय साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।
महिला युगल तर्फ बिजयी खेलाडीहरुले नगद ३० हजार, उपविजयीले १५ हजार र तृतियले ७ हजार ५ सय का साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

यसैगरि अन्तर जिल्ला पुरुष युगल तर्फका विजयी जोडीले नगद २० हजार, उपविजयी जोडीले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने जोडीले नगद ५ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

यु–१५ छात्ररछात्रा युगल तर्फका विजयी खेलाडीहरुले नगद १५ हजार, द्धितियले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

दुई जोडीहरुको उमेर जोड्दा १०० माथि का भेट्रान्स तर्फ विजयी खेलाडीहरुले नगद ३० हजार, द्धितियले नगद १५ हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद १० हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

खुल्ला मिश्रीत युगल तर्फका विजयी जोडीले नगद ३० हजार, उपविजयी जोडीले नगद १५ हजार र तेश्रो स्थान प्राप्त गर्ने जोडीले नगद ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने ब्याडमिन्टन संघका सचिव मंगल बेघाले बताए ।

सोहि अवसरमा फोटो पत्रकार संघ पाँचथरले मेचिअञ्चलमा रहेका धार्मिक, साँस्कृतिक र पर्यटनका क्षेत्रका फोटोहरु प्रर्दशनी गरेर पर्यटनि प्रर्वद्धन गरेको फोटो पत्रकार संघ पाँचथर अध्यक्ष भवानी तावाले बताए ।

प्रकाशित : ५ असार २०८२, बिहिबार, ,