पाँचथर । जिल्लामा क्षयरोग मुक्त अभियान सुरु भएका छ । क्षयरोगीहरु के कती छन् भनेर सर्वसारणको संकमण अवस्थाको बारेमा परिक्षण सुरु गरेको छ । जिल्ला अस्पताल पाँचथरमा दुइसय छयालिस जनाको परिक्षण भएको थियो । ६जना क्षयरोगी संकास्पद र एक जनामात्र क्षयरोग पुष्टि भएको अभियानका क्रममा फिदिम पुग्नु भएका इलाम जिल्ला अस्पतालका डाक्टर शारम्स घिमिरेले बताएकाछन् ।
क्षेत्रीय अस्पताल धनकुटाको एआइ डिजिटल एक्सराइ प्रबिधि सहयोगबाट क्षयरोग परिक्षण गरिएको थियो । क्षयरोग विशेसज्ञा टोलिले प्रदेश भरी क्षयरोग मुक्त अभियान सुरु गर्ने भएकाछन् । जिल्ला नयाँ तथा पुरानै प्रबिधिबाट क्षयरोगको अवस्था बारेमा नियमित परिक्षण गर्ने जनाएको छ ।
फिदिम नगरपालिकाको आर्थिक सहयोगमा क्षयरोग शिबिर समेत संचालन गरेको नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताउनु भयो । जिल्लामा परिक्षण गर्नेक्रममा क्षयरोगीको संक्रमण फेला परेकोहरुलाई फिदिम नगरपालिकाले निशुल्क उपचार गर्ने जनाएको छ ।











प्रतिक्रिया