Uncategorized

अहिलेसम्मकै बढि जरिवाना रकम संकलन



पाँचथर ।   जिल्ला ट्राफिक कार्यालय पाँचथरले  जिल्लामा स्थापना भएदेखि अहिलेसम्मकै बढि सवारी साधनबाट जरिवाना रकम संकलन गर्न सफल भएको छ । पाँचथर फिदिममा ट्राफिक कार्यालय परिषरमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लामा २०८१ सावनदेखि जेठ मसान्तसम्मको २८ लाख सात हजार रकम संकलन गरेको जनाएको छ ।

सवारी साधनबाट जरिवाना स्वरुप बढि रकम फाल्गुन महिनामा चारलाख १९ हजार पाँचसय रकम संकलन गरेको छ । सवारी साधनबाट कम जरिवाना रकम असोज महिनामा ९७ हजार संकलन गर्न सफल भएको ट्राफिक इन्चार्ज डम्बरबिक्रम दियालीले बताए ।

जिल्लामा सवारी साधन कारबाहि स्वरुप दुइपाङ्गे सवारी साधनबाट बढि रकम असुल भएको छ । त्यसपछि तिनपाङगे अर्थात अटो सवारी साधनबाट रकम संकलन गरेको ट्राफिकले जनाएको छ ।

सोहि अवसरमा ट्राफिकले संचालन गर्ने ट्राफिक सप्ताह अभियान असार ६ गतेबाट सुरु गर्ने भएको छ । सवारी साधन संचालन गर्दा यात्रु र डाइभरले सुरक्षित अपनाउनु पर्ने र सवारी डाइभिङ लाइसन तथा सवारी नविकरणका बारेमा सचेतना अभियान मुख्य बिषय हुने ट्राफिक इन्चार्ज दियालीले जनाएको छ ।

प्रकाशित : ४ असार २०८२, बुधबार, ,