काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका सिमानामा पर्ने हेवाखोलामा निर्माणाधिन बेलिब्रिज पुल भाँचिएको घटनाबारे सरकारले छानबिन समिति बनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले आयतबार मन्त्री स्तरीय निर्णयमार्फत ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो ।
सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेको छानविन समिति गठन भएको छ ।
छानविन समितिलाई पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रुपमा यातायात सञ्चालन गर्ने विषयमा ७ दिन भित्र प्रतिवेदन पेस गर्न भनिउको छ । छानविन समितिले आईतबार देखिनै काम शुरु गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।













प्रतिक्रिया