भक्तपुर । प्रतिनिधि सभा अन्तर्गत शिक्षा स्वास्थ्य सुचना प्रबिधी समिती ले शुक्रबार भक्तपुर क्यान्सर अस्पतालको स्थलगत भ्रमण तहा अबलोकन गरेको छ। समितिका सभापती माननिय अमर बहादुर थापा सहितको टोलिले अस्पतालमा पुगेर बिभिन्न विभिन्न सेवा प्रबाह, भौतिक पुर्बधार, उपचारमा प्रयोग भइ रहेको मेसिनहरु र अस्पतालका भाबी योजनाका बारेमा जानकारी लिएका थिए। भ्रमण तथा अबलोकन टोलिमा समितिका सदस्य माननीय डा.तोसिमा कार्की र माननिय देबेन्द्र पौडेल सहभागी भएका थिए।
यसै क्रममा अस्पतालका कार्यकारी निर्देशक डाक्टर उज्वल चालिसेले अस्पतालको सम्पुर्ण गतिबिधी र हाल उपचारका लागि सेवा र अवस्थाका बारेमा भ्रमण टोलिका माननीय सदस्यहरुलार्इ जानकारी गराउनु भएको थियो ।
कार्यकारी निर्देशक डा. चालिसेले हालसम्मको सम्पुर्ण गतिबिधी र अस्पतालका सेवा प्रभाहका बारेमा जानकारी गराउदै छलफल तथा भेट्घाट धेरै उपलब्धिमूलक रहयो भन्नुभयो ।
भक्तपुर क्यान्सर अस्पतालबाट हालै देशका विभिन्न ठाउँमा सन्चालन गरिएका क्यान्सर शिबिरका बारेमा समेत समितिका टोलिलार्इ जानकारि गराएको र सो कार्य अत्यन्त प्रभावकारी सेवा पाएका बारेमा समितिको तर्फबाट प्रशंसा पाएको पनि डा. चालिसेले उल्लेख गर्नु भयो।
भक्तपुर क्यान्सर अस्पतालले केही समयपछि रेडियोथेरापी, कीमोथेरापी, प्यालिएटिभ केयर, बालक्यान्सर सेवा लगायतका सेवामा अझ प्रविधियुक्त विस्तार गर्ने योजना बनाएको छ। तर, दक्ष जनशक्ति, पर्याप्त बजेट, भौतिक पूर्वाधारको अभाव र सरकारी प्राथमिकताको कमीले केही योजना कार्यान्वयनमा ढिलाइ भइरहेको समितीलाई जानकारि गराएका थिए ।
समितीले अस्पतालको प्रभावकारि सेवाको बवकासका लागि नितिगत तह निर्माण तथा अन्य विभिन्न कुराको सहयोग र प्रतिबद्धता समेत व्यक्त गरेका छन्।











प्रतिक्रिया