समाचार

बेपत्ता भएका दुईजनाको शव फेला



ताप्लेजुङ ।   तमोर नदीले बगाएर बेपत्ता भएका ताप्लेजुङ जिल्लाका दुईजनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङ्लिङ नगरपालिका–३ निबासी ११ वर्षीया गङ्गा शेर्पा जेठ २२ गते तमोर नदीमा बेपत्ता भएकी थिइन । उनको शव तेह्रथुमको छथर गाउँपालिका–३ खिरखिरेमा फेला परेको छ ।

त्यसैगरी ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी निबासी ३७ वर्षीया कमला शेर्पा जेठ १९ गतेदेखि घरबाट हराएको शव शुक्रबार पाँचथरको हिलिहाङ गाउँपालिका–२ दुधेपानीस्थित तमोर नदीमै फेला परेको  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रकाशित : २६ जेष्ठ २०८२, सोमबार, ,