खेलकुद

प्रथम सुम्हात्लुङ कप ब्याडमिन्टन प्रतियोगिता हुने



पाँचथर ।    प्रथम सुम्हात्लुङ कप ब्याडमिन्टन प्रतियोगिता यहि असार ५ गतेबाट हुने भएको छ । पाँचथर जिल्ला ब्याडमिन्टन संघको आयोजना
प्रतियोगितामा पुरुष युगल, महिला युगल, यु–१५ छात्र तथा छात्रा एकल, १०० वर्ष माथीको भेट्रान्स युगल (खुला) हुनेछ । त्यसैगरी अन्तर जिल्ला पुरुस युगल, खुल्ला मिश्रीत युगल गरि ७ बिधामा प्रतिस्पर्धा गराईने आयोजक पाँचथर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष्य तेजबहादुर तुम्बापोले जानकारी गराएका छन् ।

करिव १० लाख लागत रहेको प्रतियोगितामा पुरुष युगल तर्फ प्रथम लाई ५१ हजार , द्धितिय हुनेले २५ हजार र तृतियले १२ हजार ५ सय साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।
महिला युगल तर्फ बिजयी खेलाडीहरुले नगद ३० हजार, द्धितियले १५ हजार र तृतियले ७ हजार ५ सय का साथै मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

यसैगरि अन्तर जिल्ला पुरुष युगल तर्फका विजयी जोडीले नगद २० हजार, उपविजयी जोडीले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने जोडीले नगद ५ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

यु–१५ छात्ररछात्रा युगल तर्फका विजयी खेलाडीहरुले नगद १५ हजार, उपविजयीले नगद १० हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद ५ हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

दुई जोडीहरुको उमेर जोड्दा १०० माथि का भेट्रान्स तर्फ विजयी खेलाडीहरुले नगद ३० हजार, उपविजयीले नगद १५ हजार र तेश्रो स्थान प्राप्त गर्ने खेलाडीहरुले नगद १० हजार मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।

खुल्ला मिश्रीत युगल तर्फका विजयी जोडीले नगद ३० हजार, उपविजयी जोडीले नगद १५ हजार र तेश्रो स्थान प्राप्त गर्ने जोडीले नगद ७ हजार ५ सय सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छन् ।

फिदिमस्थित जिल्ला समन्वय समितिको कोर्टमा ३ दिन सम्म संचालन हुने प्रतियोगितामा करिव २०० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

प्रकाशित : २६ जेष्ठ २०८२, सोमबार, ,