समाचार

तमोर नदीमा एक युवक बगेर बेपत्ता



पाँचथर ।   शनिबार फिदिम बजारबाट तमोर नदीमा पौडी खेल्न गएका पाँचथर फालेलुङ गाउँपालिका–७ वडा भालुखोप निवासी  १६ वर्षीय शिशिर राई बेपत्ता भएको छ ।

पौडी खेल्ने क्रममा नदीको भेलले बगाउँदा राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घटनापछि प्रहरी र स्थानीयबासीले खोजी गरे पनि शिशिरको फेला पर्न सकेन ।

बेपत्ता भएका शिरिको खोजीका लागि आइतबार बिहानदेखि प्रहरीको उद्धार टोली र स्थानीय बासिन्दाहरू खटिएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

प्रकाशित : २५ जेष्ठ २०८२, आइतबार, ,