राजनिति

सरकारले काम गर्नै नसकेको ः नेता शेखर कोइरालाको भनाइ



पाँचथर ।     नेपाली काग्रेस नेता शेखर कोइरालाले अहिलेको सरकारले काम गरेर देखाउन नसकेको टिप्पण गरेकाछन् । शुुसासन, भष्टचार न्युनिकरण र सविधान संसोधनको कुरा गरेर काम गर्न नसकेको बताउनु भयो । संबिधान संसोधनको चर्चासम्म नभएको गुनासो गर्नुभयो । जसबाट जनतामा निरासा बढेको दाबि गर्नुभयो ।

पाँचथर फिदिममा पत्रकार सम्मेलनमा नेता कोइरालाले सरकारको लोकप्रियता खस्कदो अवस्था बनेको बताए । नागरिकलाई नारा दिएर काम देखाउन नसक्दा सरकारको गन्तब्य देखा नपरेको प्रति काग्रेस गंभिर भएर समिक्षा गर्नुपर्ने बताए ।

ठुला दलहरु मिलेर सरकार संचालनमा सुधार नगरेर काग्रेस पार्टी झन खस्ने अवस्थामा पुगेको नेता कोइरालाले चिन्ता ब्यत्त गरे ।

पत्रकार भेटघाटमा कुलमान हटाउने उर्जामन्त्रीको भाषण नगरी पुरा नहुने जस्तो आदत बनेको थियो । त्यसकारण उर्जामन्त्री र पछिल्लो चर्चाको बिषय बनेको गृहमन्त्री रमेश लेखकको बारेमा उनीहरु दुबैले राजिनामा दिनुपर्ने अवस्था आएको बताए ।

सोहि प्रसंगमा सरकारले कृषि, पर्यटन, उद्योग र जुलबिद्युको बढि संभावना भएकोले सरकार अव त्यसतर्फ जानसके उत्तम हुने सुझाव दिनुभयो ।

प्रकाशित : ११ जेष्ठ २०८२, आइतबार, ,