सुनसरी । योङग कम्युनिष्ट लिग नेपालको प्रदेश अध्यक्षमा इलाम जिल्ला निवासी विक्रम बाबु फियाक निर्वाचित भएको छ । सुनसरीको इटहरीमा प्रथम सम्मेलनमा अक्ष्यक्ष पदमा फियाक निर्विरोध निर्वाचित भएका हुन ।
नेकपा (माओवादी केन्द्र) निकट योङग कम्युनिष्ट लिग नेपाल अर्थात वाइसिएल नेपाल १ नम्बर प्रदेश समिति फियाकको नेतृत्वमा ७७ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित भएको हो । वाइसिएल नेपाल प्रदेश उपाध्यक्ष पदमा दिल विक्रम लिम्बु र टाइसन केरुङ, निर्वाचित भएकाछन् । सचिव पदमा शुभलाल राई र सहसचिव पदमा इश्वर पोख्रेल, टेक बहादुर रसाइली, उषा परियार, जनक लुवागुन, जगत मगर र रोहित आङ्बो निर्वाचित भएका छन् । कोषाध्यक्ष पदमा युवराज राई निर्वाचित भए ।
प्रदेश कार्य समित ९१ सदस्यीय हुने मध्ये ७७ सदस्यीय प्रदेश कार्यसमिति निर्वाचित भएकाले बाकी १५ प्रतिशत सदस्य मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष फियाकले जानकारी दिए ।
प्रदेश सम्मेलनको नेकपा (माओवादी केन्द्र) उपमहासचिव हरिबोल गजुरेल सहित प्रदेशका पार्टी नेताहरुको उपस्थिति रहेका थिए ।













प्रतिक्रिया